६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

ट्यांकरमा आगो लाग्दा १२३ को मृत्यु


११ असार २०७४, आइतबार  

0
Shares

एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा इन्धन बोकेको ट्यांकर पड्किएर आगलागी हुँदा १२३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुलाइ उद्धृत गर्दै बिबिसिले जनाएको छ।

दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी मिडियाहरूका अनुसार उक्त घटनामा परी ६ वटा कार, १२ मोटरसाइकल जलेका छन् । अागोमा परेकाहरूकाे पहिचान खुलाउन डिएन परीक्षण गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ११ असार २०७४, आइतबार  ३ : ०५ बजे