१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरियामा अनेसास साहित्य मेला


Ang

१७ माघ २०७६, शुक्रबार  

0
Shares

सोउल कोरियामा अनेसास ‘बृहत् साहित्य मेला’ सम्पन्न भएको छ । कोरियन चाड सलनालको अवसरमा गरिएको कार्यक्रम कोरियाको राजधानी सोयलस्थित शुभेच्छा होटलमा भएको थियो । काव्य सुधा अन्तर्गतको १२ औं श्रृखलामा यस पटक ९ जना स्रष्टाहरुले आफनो रचना प्रस्तुत गरेका थिए ।  कविता, गजल र मुक्तकलाई एउटै मन्चमा उभ्याएर नया स्रष्टाहरुलाई आयोजकले उर्जा र प्रेरणा दिएका थिए । प्रवासमा रहेर पनि आफना सृजनालाई सुन्दर र कलात्मक मनोभावहरुले उच्छवासित गर्ने स्रष्टाहरुमा कवितातर्फ मिलनकान्छा किराती शकुन आशु, गंगा बस्नेत, गजलतर्फ जीवन भण्डारी, कमल बाछिटे ,सुमन तिमलसिना र मुक्तकतर्फ रामचन्द्र शर्मा, अर्जुन लामा र शुशिल अर्याल थिए । स्रष्टाहरुको काव्य शक्तिले सभाहल गुन्जायमान थियो, दोङ्देमुन तातेको देखिन्थ्यो । कार्यक्रममा प्रमोद सारंगद्वारा लिखित हाइकु संग्रह ’ अनूदित आखाहरु’को लोकार्पण गरिएको थियो ।

सर्जकहरुले देशप्रेम, जीवनबोध, प्रवास पीडा, जीवन दर्शन, राजनीति, प्रेम आकर्षण, उन्माद ,डायस्पोरा लगायत नेपाल भ्रमण वर्ष २०२० सम्मलाई समेटेर रचना वाचन गरेका थिए । करिब ५ घण्टा लामो कार्यक्रममा शृंगारिक मुक्तकहरुले मनोरन्जन प्रदान गर्दा तनाव हराएको देखिन्थ्यो । कार्यक्रममा तीन दर्जनको हाराहारीमा सर्जकहरुको उपस्थिति थिए । कार्यक्रममा सर्जकहरुलाई हौसल्ला र सम्मान स्वरुप प्रशंसापत्र प्रदान गरिएको थियो । समाजसेवी जुनु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने सुर्यले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगले गरेका थिए ।

भर्खरै जापानमा भएको तेस्रो च्याप्टर सम्मेलनमा दोस्रो उत्कृष्ट च्याप्टर पुरस्कार प्राप्त गरेको अनेसास कोरियाले नया बर्षको आगमनसंगै योगगुरु शान्ति दुत आचार्य राजन शर्मा (भीमसेन सापकोटा)को आतिथ्यमा ’कोरियामा तनाव व्यस्थापनको तालिम र योग साधना’ को कार्यक्रम सम्पन्न गरिसकेको छ । आगामी कार्यक्रम भने कोरियाव्यापी कविता प्रतियोगिता, पुस्तक विमोचन र रचना वाचन कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ६ : १४ बजे