११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

जनप्रतिनिधिले तत्काल तलब नपाउने, रोकिदियो अर्थ मन्त्रालयले


२१ असार २०७४, बुधबार  

0
Shares

काठमाडाैं । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव रोक्दै अर्थ मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको हो ।

अर्थले जारी गरेको स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक ब्यवस्थापन तथा सम्पत्ति हस्तानतरणसम्बन्धी निर्देशिका मा स्थानीय तहका जनप्रतिनिधको सुविधासम्बन्धी कानुनी ब्यबवस्था प्रदेशसभाले गर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : २१ असार २०७४, बुधबार  ६ : ५९ बजे