१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शेर्पा संघ अमेरिकाले मातृभूमि नेपालको सहयोगका लागि २८ लाख ७३ हजार रुपैयाँ पठाउँदै


Ang

२६ श्रावण २०७७, सोमबार  

0
Shares

मातृभूमि नेपालमा कोरोना र बाढीपहिरोको कारण दु:ख भोग्न परिरहेकाहरुको सहयोगको लागि शेर्पा संघ, अमेरिकाले संकलन गरेको २४ हजार १ सय ४५ डलर १७ सेन्ट (२८ लाख ७३ हजार २ सय ७५ रुपैयाँ) नेपाल शेर्पा संघलाई केही दिनमै पठाउन लागेको छ ।

संघले मातृभूभि नेपालमा कोभिड र बाढिपहिरोले दु:ख भोग्न परेकाहरुको सहयोगको लागि एक आपतकालिन आर्थिक संकलन समिति गठन गरि गत जुलाईको १६ तारिखदेखि जुलाई ३० सम्म रकम संकलन गरेको थियो । शेर्पा संघ अमेरिकाले संकलन गरेको उक्त रकम नेपाल शेर्पा संघ केन्द्रको समन्वयमा बास्तविक पीडितहरुको पहिचान गरि चाडै सम्बन्धित पीडितहरुलाई वितरण गर्न लागेको हो ।

‘हामीलाई विश्वास गरी सहयोगीहरुले दिएको यो रकम एक दुई दिनभित्रै नेपाल पठाउन बैठकमा निर्णय गरियो’ शेर्पा संघ, अमेरिकाका महासचिव फुर्वा शेर्पाले एभरेष्ट टाइम्सलाई बताए । संघले उठाउन बाँकी सबै रकम संकलन गरी शनिबार बेलुकी बसेको बैठकले तुरुन्तै नेपाल पठाउने निर्णय गरेको पनि उनले बताए । व्यक्तिगत सम्पर्कको आधारमा संघले शुरु गरेको यो अभियानमा दुई सय भन्द बढि सहयोगीहरुले आर्थिक सहयोग गरेका छन् ।

संघले गठन गरेको आपतकालिन सहयोग समितिको संयोजकमा संघका बरिष्ठ उपाध्यक्ष ल्हाक्पा देण्डी शेर्पा र सदस्यहरुमा उपाध्यक्ष मिङ्मा शेर्पा, महासचिव फुर्वा शेर्पा, कोषाध्याक्ष स्याङ्बु शेर्पालगायत कार्यसमितिका पदाधिकारीहरु थिए ।

‘मातृभूमि नेपालमा आइपरेको यो विषम परिस्थितिमा हाम्रो आग्रहलाई स्वीकार गरि सहयोग गरि दिने सवै सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु’ शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पाले बताए ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : ५९ बजे