१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पोर्टल्यान्डमा ट्रम्प समर्थक र विरोधीबीच झडप, १ को मृत्यु



पोर्टल्यान्ड (एजेन्सी) संयुक्तराज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार अबेर राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थक विरोधीबीच झडप हुँदा एक जना ट्रम्प समर्थकको मृत्यु भएको

प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएकोथियो

आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६०० वटा सवारी साधनमा ट्रम्प समर्थकले र्याली निकालेका थिए तर त्यसको विरोधमाब्लाक लाइभ्स म्याटरनामको अश्वेतहरुको अभियानले सडकमा अवरोध गरेको थियो

प्रहरीले साँझ .३० बजे ट्रम्पका समर्थकहरुले र्याली समाप्त गरेलगत्तै .४६ मा गोली चलेको आवाज आएको जनाएको गोलीचलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको घाइतेलाई तत्काल उद्धार गरिए पनि बचाउन नसकिएको पनि प्रहरीले बताएको

एसोसिएटेड प्रेसका एक फोटोपत्रकारले आफूले तीन राउन्ड गोली चलेको सुनेको बताएका छन् प्रहरीको चिकित्सा टोलीलेघाइतेहरुको उपचार गरेको तिनीहरु गोरा समुदायका सदस्य रहेको पनि ती पत्रकारले बताएका छन्

घाइते गोरा व्यक्तिले लगाएको ह्याटमा प्याट्रिअट प्रेयर लेखिएको पनि ती पत्रकारले जनाएका छन् यो समूह अतिवादी गोरा समूदायकारुपमा चिनिन्छ यो समूहका सदस्य अन्य समुदायबीच बेलाबखत झडप हुने गरेको

प्रहरीले मारिएका व्यक्तिको छातीमा गोली लागेको पुष्टि गरेको गोली चलाउने व्यक्तिको पहिचान खुल्न नसकेको पनि प्रहरीलेजनाएको स्थानीय प्रहरी एवं संघीय निकायहरुले घटनाको सूक्ष्म अध्ययन थालेका छन्

मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीमा मृत्यु भएयता तीन महिनाभन्दा बढी समयदेखि पोर्टल्यान्डमा अश्वेतआन्दोलनकारीले साँझपख दिनहुँजसो प्रदर्शनहरु गरिरहेका छन् यी प्रदर्शनहरु शुरुमा शान्तिपूर्ण रहेपनि रातिपख हिंसात्मक हुने गरेकाछन् प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ३० बजे