१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

क्यालिफोर्नियाको आगलागी झन् फैलिदै



क्यालिफोर्निया अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको आगलागी निकैठूलो क्षेत्रसम्म नै फैलिएको पछिल्लो समाचारमा जनाइएको

प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगीसकेको यहाँका अधिकारीहरुलेजानकारी दिएका छन् क्यालिफोर्नियाको वन विभाग आगलागी नियन्त्रण केन्द्रले सो जानकारी दिएको बताइएको

आगलागीका कारण जंगलनजिकै रहेको बस्तीका कैयौँ घर जलेर नष्ट भएका छन् भने सयौँ मानिस विस्थापित पनि भएका त्यहाँबाटप्राप्त भएको समाचारमा जनाइएको उक्त विभागले दिएको जानकारीमा यहाँका घर तथा अन्य सरकारी तथा निजी गरी हजार ३००भन्दा बढी संरचनाहरु जलेर नष्ट भएका छन्

यस वर्षको आगलागीका कारण आठ जनाको मृत्यु भएको भने राजमार्ग तथा अन्य आवश्यक मार्गहरु पनि बन्द भएका जनाइएको आगलागीसँगै हावा तीब्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको यसका कारण ठूलो जंगल क्षेत्र जलेर सखाप भइसकेकोअधिकारीहरुले जनाएका छन्

यहाँ अहिले पनि तिब्र गतिमा हावा चलेको आगोका मुस्लोहरु निस्किएर निकै टाढा टाढासम्म पनि पुगेका छन् यसले गर्दा यहाँकोहावा प्रदुषित हुनुको साथै तातो हावाको वहाब बढेको

आगो निभाउनका लागि यहाँ सयौँको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको आगो तिब्र रुपमा फैलिरहेका कारण आसपासकासयौँ भवनहरु खाली गराइएको

विमानबाट पानी हालिएको तर पनि अत्यधिक गर्मी तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको आगलागीकाकारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको

यहाँका गभर्नरले क्यालिफोर्नियामा संकटकाल घोषणा गरेका छन् आगो नियन्त्रणमा आएर सर्वसाधारणलाई सहज वातावरणनहुदासम्मका लागि यहाँ संकटकाल घोषणा कायमै रहेको बताइएको एजेन्सी

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ४३ बजे