१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एसियाली चालकमाथिको अन्यायको बिरोधमा न्युयोर्कमा प्रर्दशन


Ang

९ चैत्र २०७७, सोमबार  

0
Shares

अमेरिकामा पछिल्लो समय विभिन्न राज्यमा रंगभेदी गतिविधि हुन थालेपछि यसको विरोधमा आदीवासी जनजाती महासंघ फिप्नाले न्युयोर्कको ज्याक्सनहाइटमा विरोध प्रर्दशन गरियो । ‘ हामी सधै अन्याय र विभेदहरूको विरूद्धमा छौ , न्याय र समानताको पक्षमा छौ’ उवर, लिप्ट र टयाक्सी चालकमाथिको अन्याय बन्द गर ‘ जस्ता नारा र प्लेकाड सहित उपस्थित विभिन्न सस्थाका प्रतिनिधिहरुले सामुहिक आवज बुलन्द गरेका थिए ।

अमेरिकामा पछिल्लो समय श्रृंखलाबद्व रूपमा अमेरीकाको विभिन्न राज्यमा रंगभेदी गतिविधिहरूसंगै एसियान अमेरीकन तथा नेपाली ड्राईवरहरूमाथी संघातिक आक्रमणहरू भईरहेका छन । यस घटनाको विरोधमा एसियाली मुलुकका विभिन्न सस्थाहरुले विरोध प्रर्दशन गगदै आइरहेका छन ।

पछिल्लो समय नेपाली चालकहरु पनि रंगभेदीको सिकार हुन थालेपछि न्यायको लागी आदीवासी जनजाती महासंघले शनिबार मार्च २० को दिन ज्याक्सनहाईटको डाइभर्सिटि प्लाजामा विरोध प्रदर्शन गरिएको थियो । प्रर्दशन महासंघ (फिप्ना) को आयोजना तथा एशियन अमेरिकन कम्यूनिटी ईम्पावरमेन्टको सह आयोजनामा भएको थियो । कार्यक्रममा स्थानिय राजनितिक दलका नेताहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र मानवअधिकारवादीहरूको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ४७ बजे