१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

संसदमा प्रधानमन्त्री ओलीलाई गगन थापाको चुनौति: आउनुस् तथ्यमा बहस गरौं



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीलाई बहसका लागि चुनौति दिएका छन् । उनले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेको भन्दै तथ्य र तथ्यांकको आधारमा बहसको लागि चुनौति दिएका हुन् ।

‘निर्माण सम्पन्न दुई वर्षअघि भएको पुलको उद्घाटन अहिले गरिएको छ। बीचबाटोमाा पुगेको कामको शिल्यान्यास गरेको छ,’ बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले भने, ‘प्रयोगमा आइसकेको चिजको उद्घाटन अहिले गरेको छ । यो के को तमासा हो ? अनि कुनै तयारी नै नभएको आयोजनाको पनि शिलन्यास गरिएको छ ।’

राष्ट्रिय गौरवका आयोजना थला परेर बसेको तर प्रधानमन्त्री गफ चुटेर बसेको अरोप थापाले थियो । ‘राष्ट्रिय गौरवका आयोजना थला परेर बसेका छन्,’ उनले थपे, ‘गर्नु पर्ने काम गरेको छैन्, मिथ्यांक उल्लेख गरेको छ । गफ चुटेको छ, बसेको छ ।’

बिना कुनै डिपिआर १ सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै उनले प्रधानमन्त्रीमाथि व्यंग्य गरे। उनले १ सय ६५ वटा सडक मात्रै किन शिलान्यास किन गरेको १६ सय नै गरिदिए हुने नी भने ।

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ३ : २१ बजे