१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएन ‘ए’मा मौलाएको गुट, फुट र राजनीति


१८ श्रावण २०७४, बुधबार  

4
Shares

अकुर लुइटेल/न्युयोर्क

जतिजति निर्वाचनको तिथि नजिकिदै छ त्यति नै एनआरएनएका उमेदवारले प्रचारप्रसार, अन्तरक्रिया, भेटघाट, विचार र एजेन्डालाई तिब्र बनाएका छन् । अध्यक्षका प्रत्यासीदेखि सदस्यसम्मका उमेदवारले मतदाता आकर्षित गर्न शिक्षा, स्वास्थ्य, रोजगार, संस्कृतिदेखि सबै नेपालीलाई एकतावद्ध गर्नेसम्मका नारासहित घोषणापत्र जारी गरेका छन् ।

यस अर्थमा हेर्दा एनआरएनए (२०१७–२०१९) कार्यकालका लागि आसन्न निर्वाचन शान, अस्तित्व र प्रतिष्ठासँग जोडिएको छ जुन अहिलेसम्मकै ऐतिहासिक हुने पूर्वानुमान छ । यही सेरोफेरोलाई लिएर मैले विगतको एउटा प्रसंग सम्झिएँ । हुन त अहिले उमेदवार तथा मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा यो कत्तिको सान्दर्भिक हुन्छ यसको लेखाजोखा बुद्धिजिवी एवं समाजका अगुवाहरुले गर्नुहोला तर नामावलीमा विवाद निम्तिएको र पुनः थपघट गरेर नामावली प्रकाशन गर्ने एनआरएनए निर्वाचन आयोगको अपरिपक्व भनाइपछि यो उद्गार समय सापेक्ष लाग्यो र साभार गरे ।

“दाई, तपाँइको पनि एउटा नमस्कार गरेको फोटो फेसबुकमा हालौ र एनआरएनए नेतृत्वका लागि इमान्दार समाजसेवी उमेदवार भनेर घोषणा गर्दिउ न, कतिले यस्तै गरेका रहेछन्, के फरक पर्छ र”…(एकछिन हाँसो) । प्रस्तुत उद्गार न्युयोर्कको रिजवुडस्थित चल्तीका नेपाली रेष्टुराँमध्ये एक रेष्टुराँभित्र एनआरएनएको बिषयलाई लिएर गफिएका अधवैशे समूहको हो । रेष्टुराँको एउटा कुनामा गुमनाम बसेको मैले ती भद्र महोदयहरुको हाँसो मिश्रित कुराकानी धेरैबेर सुने, सो क्रममा हाँसोसँगै उनीहरुले एनआरएनएभित्रका क्रियाकलाप, पदलोलुपता, प्रबृत्ति, सम्मान र लिन सक्ने फाइदासम्मका नालीबेली खोतले, जुन सुन्न नचाहेर पनि म सुन्न विवश भए । एक मन त म बिक्षिप्त भए, हृदय चिरा प¥यो, एनआरएन अमेरीकाको हैसियत के यस्तै छ त ? आम नेपालीमाझ यति हल्का कसरी बन्यो ? सस्तो लोकप्रियताका लागि उमेदवारहरुले यस्तो कुकर्म पनि गर्छन त ? गर्वका साथ सम्पूर्ण नेपालीको गरीमामय साझा संस्था एनआरएन अमेरीका भन्दै हिड्ने मैले जब यस्तो भनाई सुन्दा अचम्मित भएँ । त्यसपछि एनआरएनएभित्रका गतिविधि, केही महिनायताको निर्वाचन माहौल, उमेदवारका क्रियाकलाप, वक्तब्य र विकसित शैलीका अन्तर पाटालाई केलाउन थाले ।

मेरो लागि यो प्रतिनिधि घटना हो, यस्तै नभएपनि एनआरएनएसँग सम्वन्धित राम्रा नराम्रा थुप्रै टिका टिप्पणीहरु यो अन्तरालमा सुने । तर त्यो घटना र माहौलले मलाई यति छोयो कि मनभरिको आस्था र बिश्वास पानीको फोका झै फुट्यो । बुभ्mदै जाँदा केही परिचित एवं धेरै नयाँ अनुहारले फोटो, एजेन्डा र पदसहित उमेदवार घोषणा गरेर भिड सृजना गरे, जस्को उमेदवारीले साक्षात निर्वाचनमा होमिएका सवल उमेदवारलाई सोचनिय बनायो । यस्तो उमेदवारी अधिकांस ईष्र्या र कोहिबाट निर्देशित थियो । फोटोसहित अनलाइन र फेसबुकमा उमेदवारी दिएका कतिपय उमेदवारले अप्ठ्यारोमा पार्न र वार्गेनिङ्गलाई हतियार बनाएका खवर समेत बाहिरिए । उमेदवारी घोषणा गर्ने, अवसरहरु खोज्ने र जहाँबाट फाइदा हुन्छ त्यसलाई सर्पोट गर्दै उमेदवारीलाई तिलाञ्जली दिने प्रसस्त उमेदवार प्mलोरमा आए जो अहिले विलय भइसकेका छन् । बिषय वा प्रसंगवश अर्को अर्थ नलागोस् भन्ने मेरो मनसाय हो तसर्थ एनआरएनए निर्वाचन केन्द्रित बिषयको सन्दर्भमा स्वयं देखेका, भोगेका, सुनेका भनाई तथा प्रसंगलाई मैले साभार गरेको हो । मेरो कोही कसैसंग आग्रह–पूर्वाग्रह, गुण–दोष, लेन–देन एकरत्ति छैन । मेरो मनले भन्छ–एनआरएनए होस् वा अन्य सामाजिक संस्थाका पदाधिकारी, विभिन्न पेशामा आवद्ध श्रमजिवी लगायत परीश्रम गरेर जिवन निर्वाह गर्दै आइरहेका समस्त वन्धु–वान्धव तथा दिदी–बहिनीहरु सबै नेपाली हुन् । यसैले त मलाई नेपाली हुनुको गर्व छ यसर्थ म जहाँ रहन्छु सारा देशप्रेमी नेपाली र आवद्ध संस्था सदैव सगरमाथा झैं अटल रहेको देख्न चाहन्छु । तर सोचेजस्तो कहाँ हुँदोरहेछ र हामी हामीबीच पटक्कै मेलमिलाप नहुँदा भने मन कुडिदोरहेछ ।

एनआरएन अमेरीकाको गत मे महिनामा हुनुपर्ने निर्वाचनको मिति लम्बिदै आयो त्यसबेलादेखि नै धमिलो पानीमा माछा मार्नेको लहर चल्यो । संस्था एउटा तर संचालनका लागि आकांक्षीहरु अनगिन्ति प्mलोरमा देखिए । अझ प्mलोरमै नआई भुसको आगो झैं भित्रभित्रै खिचडी पकाउने अघोषित उमेदवार त कति भेटिए, एकिन तथ्यांक नै छैन । मलाई चिन्ने, भेट्ने कमै होलान भला एनआरएनएका बिषयमा जान्न र बुभ्mन फेसबुक, असन्तुष्ट पक्षधर, साथीभाइको साथ र जमघट हुने जक्सन अहिलेका भरपर्दो श्रोत हुन । जब निर्वाचनको माहौल तात्न थाल्यो एनआरएनए नेतृत्व गर्ने होडवाजीमा ६ जना देखिए यद्यपी निर्वाचनको मिति फिक्स भएपछि एक महानुभावले अध्यक्षको मोह त्यागेर आइसिसि सदस्यमा फड्को मारेपछि बाँकी ५ मैदानमा छन् । प्mलोरमा रहेका सबैले अध्यक्षको अन्तिम प्रतिष्पर्धासम्म सहभागी हुने भन्दै आप्mना एजेन्डा र धारणालाई बृहत्त बनाउन सक्रिय थिए । तर निर्वाचन आयोगले ५ जनामध्ये एक जनालाई नामावलीमा समावेश नगरेपछि अप्रत्यासित रुपमा फेरिएको वातावरणले समग्र एनआरएनए बृत्तमा पार्टीगत, गुटबन्दी र हस्तक्षेपकारी राजनीति छताछुल्ल भयो । राजनीतिक लविंङ्ग, दलगत दवाव र एनआरएन केन्द्रिय कार्यसमितिका अध्यक्ष लगायतका “पत्र–युद्ध”ले यस्तो रुप लियो कि एनआरएन आइसिसि तथा एनसिसि पदाधिकारीबीच चरम क्षेत्रगत धु्रविकरण र सामाजिक सञ्जाल डिवेट संस्थागत हुँदै चरित्र हत्यासम्मको अवस्थामा पुग्यो भने एनआरएन केन्द्रिय कार्यसमिति समेत दुई प्mयाकमा विभाजित देखियो । यतिसम्मको बहस, टिप्पणी र विधान सम्मत भनाइहरु बहिर आइसक्दा भने निर्वाचन आयोग गहिरो निन्द्रा मै छ । कानून र विधानतः जे उल्लेख छ त्यो स्पष्ट पार्न नसक्नुले आयोग अपरिपक्व र कहिकतैबाट निर्देशित छ कि भन्ने अड्कलवाजी प्रचुर छ ।

सत्य तितो हुन्छ, जो सुकै भएपनि संस्थाको नेतृत्व एकजनाले गर्ने हो, प्रजातान्त्रिक प्रणालीमार्फत चुनिनेले एनआरएनएको वागडोर सम्हाल्ने हो, ततपश्चात बाँकी ४ जना त संस्थाको साधारण सदस्य बराबरको हैसियतमै रहने हो । यसले एउटा सकारात्मक सन्देश प्रवाहित गरोस् भन्ने सदिच्छा पनि हो । एनआरएनएलाई कस्तो बनाउने, कुन गतिमा दौडाउने भन्ने जिम्मा त त्यहिभित्रका सारथीहरुको हो, मतदाता त केवल माध्यम हुन, जो निर्वाचनका दिनसम्म केही ओजिलो रहन्छन त्यसपछि ह्याण्ड टावेल झैं डस्टविनमा थन्किन्छन् । स्मरण रहोस् एनआरएनए निर्वाचनमा उमेदवारको मुहार, आश्वासन, नारा, द्रब्यलाई भन्दा यसअघिका निर्वाचनसम्म उमेदवारले गरेका घोषणा के कति पुरा गरे, कति गर्दैछन र को योग्य–को अयोग्य भनेर गहन मुल्यांकन स्वयं मतदाताले गर्नुपर्ने अति आवश्यक छ ।

गत मे महिनाभित्र सम्पन्न हुनुपर्ने गैह्र आवासिय नेपाली संघ अमेरीकाको निर्वाचन फर्जी सदस्य र आन्तरिक विवादका कारण लम्बिदै आएर अन्ततः आउँदो अगष्ट ११ र १२ मा गर्ने तय भएको छ । मुख्य लफडा रहेको फर्जी सदस्यताले एनआरएनएमा आन्तरिक विवाद चर्किएको असन्तुष्ट पक्षधरको भनाई छ । नेतृत्वले आफै खर्च गरेर सदस्यता बनाएको र असन्तुष्ट पक्षधरले फर्जी सदस्यता छानविन गर्न गराउन भन्दै उजुरी गरेपछि आधिकारिक सदस्य पहिचान तथा नेतृत्वपंक्तिले कानूनी झमेला ब्यहोर्दै आएको सन्दर्भमा निर्वाचनको मिति तन्किदै यहाँसम्म आएको हो । मतदाताहरुले उक्त समयसम्म कुनैपनि अप्रिय घटना नहोस् भनेर कामना गरिरहेका छन किनकी अहिलेसम्मको उतार चढाव र जोड घटाउको राजनीतिले कुन बेला कस्तो अवस्था सृजना हुने हो भन्ने अन्यौलता ब्याप्त छ । अवस्था जस्तोसुकै भएपनि एनआरएनए नेतृत्व गर्न हौसिएका प्रत्यासीहरु भने आकर्षक फोटो, चुनावी नारा, प्यानलसहितका फोटा, यस्तो गर्छु उस्तो गर्छु भनेर डिजाइन गरिएका पोष्टरले सामाजिक सञ्जाल फेसबुकका वाल रंगाउनमै मस्त छन् । डिजिटल प्रविधिको भरपुर उपयोग गर्दै उमेदवारले फेसबुकलाई गतिलो र शसक्त प्रचार माध्यम बनाएका छन् । हुन पनि बिचरा उमेदवारलाई गाह्रो छ नि घरदैलो गरु कतामात्रै जानु, कुनै ठाउँमा सभा गरेर भोट मागुँ न त भन्यो मतदाताको प्रश्न झेल्दैमा हैरान हुन्छन, बरु त्यो भन्दा फेसबुकमा शेयर गर्दै बस्यो, शुभकामना र बधाईका कमेन्ट बर्षन्छ, त्यहि हेरेर आत्मरतिमा रमाउने उमेदवार धेरै देखिए । कहिलेकाँही त कमेन्ट बक्समै पद, प्रतिष्ठा र जुँगाको जुहारी चल्छ । राम्रो देख्न र सुन्न नचाहनेको रोइलो देखिन्छ । फेसबुकले घर फुटाएपनि गोहीको आँसु बगाउनेहरुलाई अभिन्न मित्र बनाइदिएको प्रतित हुन्छ । स्वतन्त्र उमेदवारी घोषणा गर्ने, प्रतिक्रियाहरु बुभ्mने, नेतृत्वको लागि कुन उमेदवार दलगत र गुटगत रुपमा बलियो छ भनेर लेखाजोखा गर्ने र अन्ततः स्वतन्त्रलाई हापेर शक्तिशाली प्यानलमा प्रवेश गर्ने अवसरवादी फेसबुके उमेदवारको ‘पर्ख र जाउ’ सिद्धान्त चाखलाग्दो छ । तर नगन्य उमेदवार भने मतदाताको बाक्लो उपस्थिती रहेको न्युयोर्क, न्युजर्सी, न्यु ह्याम्सायर, टेक्सास, मेरील्याण्ड, भर्जिनिया, वाल्टिमोर, कोलोराडो, क्यालिफोर्निया, शिकागो, इण्डियाना लगायतका स्टेटमा फाटफुट पुगेका पनि छन् । त्यस्तै, आगामी दिनमा पञ्चमुखी (५ जना)को प्यानलले भिन्न–भिन्न स्थानमा भेटघाटका कार्यक्रम तय गरेका जानकारी फेसबुकका वालभरि बग्रेल्ति देखिन्छन् । हे, फेसबुके उमेदवारहरु हो–एनआरएनए चुनाव कुनै बच्चाको खेल होइन, करीब अढाइ लाख नेपालीको सम्मानित संस्था हो, अहिले भेटघाट तथा जनसम्पर्कबाट टाढा रहेर सबै कुरा फेसबुकबाटै प्mल्यास गर्छौ भने भोली कतै जितेपछि फेसबुकबाटै संस्था चलाउँछु भन्ने त होइनौ ? यतिमात्रै होइन, फेसबुके उमेदवार र प्यानललाई एनआरएन अमेरीकाका पूर्व, बर्तमान तथा केही अगुवाहरुले बलियो, शक्तिशाली र सुनिश्चित जितको संज्ञा दिनुले को कति पानीमा प्रस्ट हुन्छ । माफ गर्नुहोला आदरणिय अग्रजहरु, उमेदवारहरु कुनै खेल वा युद्धका लागि मैदानमा उत्रिएका होइनन जहाँ बलियो भएर जित्ने र कमजोर भएर हार्ने । यो प्रत्येक नेपालीको आस्था र सद्भावको धरोहर हो जहाँ जस्ले मल्हमपट्टी र बिचार, सिद्धान्ततः उत्कृष्ट काम गर्छ उसकै जित सुनिश्चित छ । अनुहार, घोषणा पत्रका बुँदा, नारा र कार्ययोजना त केवल कागजी हुन, जुन मतदाताले प्रस्टै बुझिसकेका छन् ।

एनआरएन अमेरीकाको निर्वाचनलाई एनआरएन बृत्तमा “मोस्ट भ्यालुएवल” निर्वाचन मानिन्छ । शक्तिशाली मुलुक अमेरीकामा बसोबास गर्ने नेपालीहरुको छाता संस्था एनआरएनए निर्वाचनलाई विश्वभरी नै चासोका रुपमा हेरिएको छ । चासो यस अर्थमा कि एनआरएनएमा अब कुन दलको गुट आउँछ, कुन दलको गुट प्रचारप्रसारमा खरो उत्रिएको छ, कुन दलको ब्याकफोर्सले दह्रो काम गरिरहेको छ, मतदाताहरुको झुकाव कुन प्यानल वा नेतृत्वतर्फ छ आदी इत्यादी । सुन्दा तुजुक लाग्छ, अमेरीकामा रहेका नेपालीहरुको हित र संबृद्धिका खातिर स्थापित एनआरएनए नेपालका डेट एक्सपायर्ड दलको कथित भातृ संगठन जस्तै छ भन्दा । संस्थापक अध्यक्षले संस्था गठनका बखत प्रारुप, संरचना र संचालनार्थ पक्कै पनि दलिय संगठन र त्यसको गन्ध मिसियोस भनेर स्थापना गरेको थिएन, यो जगजाहेर छ । तर एनआरएनएको बिकास र गतिविधिलाई हेर्दा यो आम नेपालीको हितमा भन्दापनि टुटे फुटेका र सिद्धान्ततः लोकतान्त्रिक पद्धतिमा फेल भइसकेका दल निकट संगठनका रुपमा बिस्तार भइरहेको छ । अमेरीकामा रहेका नेपालीले किन नेपालका दलहरुको कार्यकर्ता भएर एनआरएनएलाई संगठनमा रुपान्तरण गर्नुप¥यो यो बुझिनसक्नु छ । यदि राजनीति गर्ने ध्येय भए नेपालमै गर्नु नभए एनआरएनएबाट अलग भएर गर्दा श्रेयस्कर हुन्छ । आगामी कार्यकालका लागि उमेदवारी दिएका महानुभावहरुले पनि राजनीतिक अभिष्ट लिएर चुनावमा होमिएको खवरले अहिले सामाजिक सञ्जाल र खवरहरु भरिएका छन, दलिय आशीर्वादले चुनाव जितिन्न र जितिहालेपनि समग्र नेपालीको हितमा नहुने घाम झैं छर्लंग छ । अझ दलिय आडमा एनआरएनएको नेतृत्व गर्छु भन्नु सबै नेपालीहरुप्रतिको बेइमानी हो । चेतना भया, ब्यक्तिवादी दल र सत्तामोहको राजनीतिले सुन्दर नेपाल कस्तो अवस्थामा छट्पटिरहेको छ भनेर सबैले देखिसकेका छन् ।

फेरी नेतृत्वका प्रत्यासीदेखि भाइटल पोष्ट र एनसिसि, आइसिसिका सम्पूर्ण उमेदवारले फेसबुके घोषणा पत्र नै जारी गरेर रेकर्ड कायम गरेका छन् । फर नेपाली बाई नेपाली, एनआरएनएको संस्थागत बिकास, लेट्स युनाईट फर एनआरएनए भिजन, नलेज स्कील एन्ड एक्सपिरियन्स, इक्वल अपरच्युनिटी एन्ड जष्टिस फर अल र आर्थिक पारदर्शिता जस्ता थुप्रै जोड घटाउका नारा टाँगिएका छन् । माथीका नारा सुन्दा लाग्छ, भोली जितेपछि सबैले आप्mनो प्रतिवद्धता अनुसारको काम गर्ने हो भने एनआरएनए कति चिरामा विभाजित होला, कसैले अनुमान गरेको छ ? उमेदवारले नै आर्थिक अपारदर्शिताका बुँदा उठाएका छन, यसले संस्थाभित्र हिनामिना हुने गरेकोतर्फ संकेत गर्छ, कार्यसमितिभित्रै रहेर काम गरेका महोदयले उठाएको आर्थिक अपारदर्शिताका सवालले मतदातालाई सोचनिय बनाएको छ । यसको सुक्ष्म अनुसन्धान कहिले र कस्ले गर्ने ? यस्ता भनाइ कि जित्नका लागि प्रयोग गरिन्छ कि त वास्तविक घोटाला भएर नै गरिन्छ ।

समग्रमा एनआरएन अमेरीका सम्पूर्ण नेपालीहरुको सर्वोपरी संस्था बन्न नसक्नु साह्रै दुःखद छ । संगठन बिस्तारलाई नारामा मात्र राख्ने तर त्यसतर्फ सिन्को नभाँची त्यहि एक्सपायर्ड दलको झोला बोकेर, उनीहरुकै इशारामा स्तुतीगान गाएर, उनीहरुकै प्रवक्ता बनेर केवल आप्mनो दुनो सोभ्mयाउने प्रबृत्तिको अवसान नभएसम्म एनआरएनए सिंगो नेपालीको धरोहर बन्न सक्दैन, एनआरएनएको टुप्पोदेखि जरासम्म फैलिएको अहमता र दलिय पटाक्षेपको धंगधंगीलाई शुद्धिकरण गरि संबृद्ध र सबै अट्ने साझा एनआरएनएमा बिस्तार गर्नु जरुरी भइसकेको छ । एनआरएनए नेतृत्व र संचालन गर्न राजनीतिक रंग र दाउपेचको आबश्यक पटक्कै छैन् । यहि देशमा भिजन र मिसन भएका प्रबुद्ध, विद्धत र होनहार नेपाली सन्तती छन । उनीहरु कहाँ छन, कुन अवस्थामा छन त्यसको खोजी एनआरएनएले गर्नुपर्छ अनिमात्र अहिले एनआरएनए भन्ने बित्तिकै नाक खुम्च्याउने र नामै सुन्न नचाहने बाकी अढाइ लाख नेपालीको मन जितेर गर्वका साथ सम्पूर्ण नेपालीको एउटै संस्था एनआरएन अमेरीका भन्न सकिन्छ । त्यसका लागि तत्काल पूर्व पदाधिकारीदेखि एनसिसि, आइसिसिका पदाधिकारीहरु, नागरिक अगुवाहरु एउटै थलोमा जुटेर एउटै संस्था कायम राख्न सबै अट्ने सबै मिलेर काम गर्ने वातावरण बनाउन यथासक्य सर्वसम्मतको प्रयासलाई थालनी गर्नु अपरिहार्य छ । यो उत्तम कार्यको थालनी जतिसक्दो छिटो र सकारात्मक पाटोमा उन्मुख होस् । जय एनआरएनए ।।।

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार  ७ : ३९ बजे