७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थ्याङ्स गिभिङको टर्किस, परिवारको भागबन्डा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

थ्याङ्स गिभिङ उत्तर अमेरिकी महादेशको संयुक्त राज्य अमेरिका र क्यानडामा विशेष किसिमले रमाइलो गरी मनाइन्छ । हुन त यी देश बाहेक अन्य देशहरु बेलायत, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, जमैका, बारबाडोज तथा इजरायलमा पनि मनाइन्छ । हिन्दुहरु धर्मावलम्बीहरुले दसैंतिहार मनाए जस्तै अमेरिकामा थ्याङ्स गिभिङ पर्व धुमधामसँग मनाइन्छ । क्रिसमसको झण्डै तीन हप्ता अगाडि पर्ने यो पर्वले अमेरिकाभरि झण्डैझण्डै नयाँ बर्षसम्म रमाइलो वातावरणको माहोल सिर्जना गरेको हुन्छ ।
थ्याङ्स गिभिङ किन र केका लागि सुरु भयो भन्ने कुरा किटानसाथ कतैपनि देखिदैन । तरपनि विभिन्न वेभसाइटहरुमा यही कारणलाई प्राथमिकता दिइएको छ । हामी मानवजाति ईश्वरको उच्चतम सिर्जना हौं । हामीलाई ईश्वरकै निगाहबाट हावा, पानी, खाना, घाम आदिको व्यवस्था भएको हुन्छ । ईश्वरको अस्तित्व प्रत्यक्ष रुपमा नदेखिएपनि ईश्वरको अस्तित्व यो पृथ्वीमा छ भन्ने कुरा सर्बसत्य भईसकेको छ । जुनसुकै धर्ममा पनि ईश्वरको अस्तित्वलाई देखाइएको छ । त्यसैले हाम्रो सिर्जना, हामीले खाने बस्तुहरुको समयमा उत्पादन आदिका लागि भगवानप्रति मान्छेले आप्mनो कृतज्ञता जाहेर गर्न थ्याङ्स गिभिङको प्रचलन भएको हो भनिन्छ । यो कुरा बाइबलमा पनि उल्लेख गरिएको रहेछ ।
कहिलेदेखि सुरु भयो भन्ने सम्बन्धमा पनि विशेष किटानीसाथ कतै उल्लेख भएको छैन । अमेरिकामा भने खासगरि अन्नबालीहरु भित्र्याइ सकेपछि भगवानप्रति उहाँको आशीर्वादका लागि कृतज्ञता जाहेर गर्न सन् १६२१ देखि धार्मिक उत्सवको रुपमा यो परम्परा चलाइएको हो भन्ने भनाइ छ । त्यसबखतका युरोपीयन सेटलरहरुले न्यु इङलैन्डबाट आउंँदा आफुसँगै आप्mनो परम्परागत फास्टिङ डे र थ्याङ्स गिभिङ डे ल्याएका थिए । पहिलो थ्याङ्स गिभिङ डिनर सन् १६२१ मा नेटिभ इन्डियन र पिलग्रीमसकाबीच प्रशस्त खानाहरु सहित एउटै टेबुलमा बसेर भएको थियो रे । यस डिनरमा दुई पक्षबीचमा सम्झौतापनि भएको थियो रे । सम्झौतामा नेटिभ इन्डियनहरुले म्यासाचुसेटकको प्लाइमाउथमा पिलग्रीमहरुको अधिकारसमेत छ भनी सही समेत गरेका थिए रे तर नेटिभ इन्डियनहरुको भनाइ भने यो भन्दा फरक भएको पाइन्छ । नेटिभ इन्डियनहरुको भनाइ के रहेछ भने थ्याङ्स गिभिङ उनिहरुको अन्त्यको सुरुवात थियो । उनिहरुले यहीबाट उनिहरुको भूमि साधारण उपहारका लागि त्याग्दै जानु पर्ने भयो, जसको फलस्वरुप उनिहरु मध्ये धेरैले ज्यानै गुमाउन बाध्य हुनु प¥यो । युरोपीयन सेटलरहरुले यसलाई मित्रताको रुपमा लिए । यदि नेटिभ इन्डियनहरुले यस्तो जाडोमा कसरी बाच्न सकिन्छ भनेर नसिकाएका भए शायद त्यो जाडोमा सबैको मृत्यु हुन सक्थ्यो होला । त्यसैले यो दिन सबै परिवारका सदस्यहरु, इष्टमित्रहरु तथा साथीभाइ मिलेर यो उत्सव मीठामीठा खाना खाएर सानाले ठूलाहरुप्रति कृतज्ञता ज्ञापनगर्दै खाना खाएर रमाउने चलन छ ।
हामी नेपालीहरु पनि ठाउँ, समय र परिस्थिति अनुसार चल्न सक्ने जाति हौं । त्यसैले यहाँ बसोबास गर्दै आएका हामीहरु पनि साथीभाई ईष्टमित्रहरुलाई बोलाएर कहिले कसैको कहिले कसैकोमा यसरी नै रमाइलो गर्न थालेका छौं । कहिलेकाहि धेरै टाढा भएका साथीहरु कहाँ पनि पुग्ने गर्दछौं । यसले हामीलाई एक अर्को ठाउंँ देख्ने र हेर्ने अवसरपनि प्राप्त हुन्छ ।
यो पर्व क्रिस्चियन क्यालेन्डरको नोभेम्बर महिनामा पर्दछ । संयुक्त राज्य अमेरिकामा सन् १९४२ देखि नोभेम्बर महिनाको चौथो बिहिबार मनाउन थालिएको हो । यसभन्दा अगाडि अमेरिकी राष्ट्रपति जर्ज वासिङटनले सन् १७८९ मा पहिलो पटक सार्वजनिक विदाको घोषणा गरेको थिए । सार्वजनिक विदा त्यसैबेलादेखि भएतापनि कहिले नोभेम्बरको दोस्रो बिहिबार, कहिले नोभेम्बरको अन्तिम दिन मनाउने प्रचलन थियो । क्यानडामा भने अक्टोबरको दोस्रो सोमबार मनाउने चलन छ ।
थ्याङ्स गिभिङको दिन अमेरिकी राष्ट्रपतिले सांकेतिक रुपमा टर्कीको जीवनदान दिने चलन कायमै छ । उक्त टर्कीले आप्mनो जीवनरहेसम्म स्वतन्त्रसँग खुल्ला आकासमुनि (फार्मल्याडभित्र) प्राकृतिक जीवन बिताउन पाउनेछ । परिवार इष्टमित्र सबै बसेर समय अनुसारको राम्रा राम्रा खाना बनाएर परिवारहरुबीच बसेर खाना खानु र सबै कुराहरु बिर्सनु पनि एउटा कारण हो ।
यो दिनको खानामा विशेष गरेर टर्की नभइ हुन्न । किन टर्कीले यस्तो सम्मान पाएको हो । यस सम्बन्धमा प्रमाणिक तर्क केही छैन तर युरोपीयन सेटलेरहरुले उनिहरुको खाना गाई, हांस, कुखरा र फोल९ायध०ि आदि थिए । तर फोल के हो भन्ने कुरा स्पष्ट थिएन । तत्कालीन धार्मिक तीर्थयात्री एडवार्ड वीनस्लोले लेखेका एउटा पत्रमा थ्याङ्स गिभिङको डिनरमा बस्नु अगाडि मान्छेहरु टर्कीको शिकारको लागि बाहिर निस्कन्थे रे । यसको आधारमा टर्कीलाई मुख्य खाना बनाइएको पो हो की? त्यस्तै अर्को कारणमा बेन्जामीन फ्रान्कलिनले एकपटक अमेरिकाको राष्ट्रिय चराको रुपमा रहेका चीलको सट्टामा टर्की बनाउने प्रस्ताव राखेका थिए । टर्कीको प्रशंसा गर्दा उनले भनेका थिए टर्की यस्तो सहासीलो चरा हो जसले उनिहरुलाई थुनेर राखेको खोरमा जतिबेला पनि आक्रमण गर्न सक्ने बेलायती सुरक्षाकर्मी माथि नै आक्रमण गर्न पनि कहिल्यै हिच्किचाउंदैन । तर सन् १९४१ मा फ्रान्कलीन डी रुजबेल्टको घोषणा पछि नै टर्कीको प्रचलन भएको अनुमान गरिएको छ ।
टर्कीलाई आआप्mनो किसिमले तयार गर्ने चलन छ । त्यो दिन सयौं मिलियन टर्कीको खपत हुन्छ । टर्कीको साथमा दलिएको आलु (मास पोटाटो), क्रानबरी सस, सखर खण्ड, चीजी बिस्कुट, पम्पकिन पाइ, एप्पल पाई तथा खानाको सौखिन हुनेले विभिन्न प्रकारका खानाहरु बनाई यस पारिवारिक भोजमा समावेश गर्ने चलन छ । परिवार संख्या अनुसार टर्की बनाउने चलन छ । सिगै टर्कीभित्र आफुलाई मन पर्ने मसलालगायत अन्य खाध्यान्नहरु हालेर ओभनमा राखेर निकै लामो समय लगाएर पकाउछन् र त्यसलाई परिवारका सबै सदस्यहरुले आफुलाई आवश्यक टुक्राहरु झिक्दै खांदै गरेर दिनभरि लगाएर समाप्त गर्ने चलन छ ।
टर्की र अन्य विभिन्न प्रकारका खानाहरु खानेमात्र नभएर यो रमाइलो अवसरमा लामो सयमदेखि छुट्टिएर बसेका परिवारका सदस्यहरुको भेटघाट गर्ने, आफन्त नातेदारहरुसंगको भेटघाट तथा साथीभाइहरुसंग भेटघाटगरि कृतज्ञताको आदानप्रदान गर्ने अवसरपनि हो । त्यतीमात्र नभई परिवार इष्टमित्र तथा साथीभाईसंग भएका मनमुटावहरुलाई विर्सेर पुर्नमिलनको अवसर पनि हो । त्यसैले मलाई यो अवसर हिन्दुहरुको बडादशै पर्बजस्तै लाग्छ । अमेरिकाभरिको सडकभरि ट्राफिक ज्याम भएको देख्न निकै रमाइलो हुन्छ तर त्यसलाई झेल्न अति कष्टदायीपनि हुन्छ ।
बन्द व्यापारको रुपमा पनि यो निकै ठूलो अवसर मानिन्छ । यो दिनका लागि भनेर सबै जस्तो सामानहरुमा मूल्य घटाइएको हुन्छ । छ महिना लगाएर गरेको व्यापार र यो एकै दिन गरेको व्यापार बराबर हुन्छ भन्ने चलन छ । व्यापारिहरुले यो दिन र भोलि पल्टको कालो शुक्रबारका लागि भनेर व्यापारिहरुले चौविसै घण्टा पसल खुल्ला राख्ने र त्यसको लागि बेग्लै कामदारको व्यवस्था गरेका हुन्छ । हजारौं टी.भी च्यानलहरुमा तथा हजारौं पत्रपत्रिकामा तीनै सामानहरुको भाउ घटेको विज्ञापन चौविसै घण्टा सुन्न र पढन पाइन्छ ।

gitakhatri@gmail.com

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १ : ०५ बजे