६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकी सरकारको सुझाव



काठमाडौं । नेपालमा कोभिड १९ को महामारी बढ्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

अमेरिकाकी विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ ।
नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यस्तोमा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव गरेको छ ।

यसअघि आफ्नो घर फर्किनको लागि नाम दर्ता नगराएका अमेरिकीननागरिकले आफ्नो नाम दर्ता गराउन दूतावासले आग्रह गरेको छ । सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकहरुलाई यस विषयमा जानकारी उपलब्ध गराउने बताएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५७ बजे