१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालमा कोरोनाबाट मर्नेको संख्या ८०९८ पुग्यो



काठमाडौं । नेपालमा कोभिड १९ को संक्रमणबाट मर्नेको संख्या ८,०९८ पुगेको छ । यो कुल सङ्क्रमितको १.६ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् ।

नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९५ हजार नाघेको छ। अहिलेसम्म पाँच लाखभन्दा बढी सङ्क्रमितहरू निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ५,१५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्य भएको छ । कुल १७,६७६ वटा नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी एक दिनमा थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७६,५५० जना घरमै, ६,१८६ जना संस्थागत आइसोलेशनमा र बाँकी अस्पतालमा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार अहिले देशका विभिन्न स्थानमा १,३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ७ : १७ बजे