१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जुलाई ४ मा शेर्पा किदुगको रजत जयान्ती शुभारम्भ हुने


Ang

४ असार २०७८, शुक्रबार  

0
Shares

अमेरिकाको न्युयोर्कमा रहेका सवैभन्द पुरानो एवं व्यवस्थित सस्था शेर्पा किदुगले जुलाई ४ तारिखको दिन सस्था स्थापनाको २५ औ वर्षको रजत जयान्ती बर्षको शुभारम्भ गरिने भएको छ । कार्यक्रम किदुगले खरिद गरेको आफनै जग्गा ल्हाप्सु ल्याण्डमा विविध कार्यक्रमको साथ रजत जयान्ती शुरुवात गरिने भएको छ । अमेरिका स्वतन्त्रता दिवसको दिन हुने शुरुवातसंगै किदुगले यो वर्षभरिनै मनाउने भएको जनाएको छ ।

‘ न्युयोर्कको पुरानो र गौरवशाली सस्था शेर्पा किदुगको रजत जयान्ती शुभारम्भ गर्न हामी निकै उत्साहीत भइरहेका छौ’ शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पाले एभरेष्टटाइम्सलाई भने-‘ प्रवासमा हामीले नेपाली अमेरिकनको परिचय दिलाउने यो मुख्य अवसरको रुपमा हामीले ठानेका छौ’ । उनी किदुगको इतिहासमा अध्यक्ष हुने पहिलो महिला हुन ।

न्युयोर्कबाट करिब एक घण्टाको दुरिमा रहेको स्थानमा किदुगले शेर्पा समुदायको मौलिक पहिचान झल्कने विविध कार्यक्रमको साथमा सगरमाथा आधारशिविर खडा गरि विख्यात सगरमाथा आरोहीहरुको उपस्थितिमा आरोहणको बारेमा जानकारीमुलक सामाग्रीहरु राखिने भएको अध्यक्ष शेर्पाले बताए । कार्यक्रममा स्थानीय टाउनको दुई जना काउन्सीलम्यान, टाउन सुपर भाइजर र दुई जना न्याधिस र प्रशासन प्रमुखहरुको उपस्थिति हुने भएको उनले बताए ।

फराकिलो क्षेत्रमा फैलिएको किदुगको ल्हाप्सु ल्याण्डमा विहानीपख धर्मगुरुहरुको धार्मिक पुजापाठपछि अतिथिहरुको स्वागतसंगै विश्व शान्ति र राष्ट्रपतिको कार्यालयबाट दिएको झण्डा फफराएर दिउसो शेर्पा जातीको भेषभुषा झल्कने सांगितिक कार्यक्रम, लामा गुरुहरुको धार्मिक नृत्य लगायतका विविध कार्यक्रमहरु प्रस्तुत गरिने भएको अध्यक्ष शेर्पाले बताए । विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने लागेको कार्यक्रममा ५ सय जनाको उपस्थित हुने भएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ५१ बजे