६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

नेजाको अधिबेसन तयारी पुरा


Ang

७ श्रावण २०७८, बिहिबार  

0
Shares

नेपाल अमेरिका पत्रकार संघ नेजाको ७ औ अधिबेसन तथा १४ औ बाषिर्क साधारणको अन्तिम तयारी पुरा भएको जनाएको छ । यही जुलाईको २४ र २५ तारिख हुने लागेको अधिबेसनमा सहाभागी हुने पत्रकारहरुका लागी बस्नको लागी होटल व्यवस्था भइसकेको अधिबेसन तयारीको संयोजक लिला ओझाले जानकारी दिएकी छिन । नेजाको अधिबेसन हरेक दुई वर्षमा हुदै आएको छ । गत वर्षनै हुनुपर्ने अधिबेसन कोभिढको कारणले गर्न नसकेर यस पटक गर्न लागेको हो ।

अधिबेसनमा बिगत झै यस पटक पनि नेपाल पत्रकार महासंघको सभापति बिपुल पोखरेलको प्रमुख आतिथ्यमा अधिबेसन हुने भएको छ । त्यस्तै विशेष अतिथिको रुपमा अमेरिकाका लागी नेपालका राजदुत डा युवराज खतिवडा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष हरिहर विरहीको पनि उपस्थिति हुने भएको छ ।

अधिबेसनमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गदै आइरहेका नेपाली पत्रकारहरुको उपस्थिति हुने भएको छ । यस पटकको अधिबेसनले नया नेतृत्व समेत चयन हुने भएको छ । हालै नियुक्त प्रधानमन्त्रि शेर बहादुर देउवाले पनि नेजाको अधिबेसन सफलताको शुभकामना दिएको छ । प्रधानमन्त्रि देउवाले नेजाद्धारा अधिबेसनको अवसरमा प्रकाशन हुन लागेको प्रयासमा अधिबेसन सफलताको शुभकामना सन्देश पठाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : ३६ बजे