६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अमेरिकन नेपाली महिलाका सुखदुःख


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

राज्य लक्ष्मी(बिदेशीएकी नेपालकी छोरी)

अमेरिकन नेपाली महिला अमेरीकामा सबै भन्दा खुशी लाग्ने महिला, बुढ़ाबुढी र बच्चालाइ उच्च स्थान दिएको छ । महिलाहरूलाइ आफ्नो तरिकाले हिड्ने अधिकार दिएको हुन्छ । आमा बाबुलाइ पनि मेरो छोरीलाइ कस्ले के भन्लाकेा डर ,राम्रो शृीमान न पाए के गरेर ख़ाली भने जस्ता डर हुदैन ।

आफ्नो गॉउठॉउ छोडेर आए पनि घरको याद त आइ हाल्छ । यहॉ जस्तो महिला आए पनि सजिलै बॉच्छन । सबैलाइ आफ्नो खुट्टामा उभिने ठॉउ र अधिकार दिएको हुन्छ । चाहे English बोलोस या नबोलस । यहॉ महिलालाइ पुरूषले छुनु त के नराम्रो शब्द प्रयोग गर्दा पनि कानुन लाग्छ । यहॉ ठॉउ ठॉउमा पार्टी या मन्दिरमा जॉदा तिज वा अरू चाडपर्वमा महिलाहरू दिल खोलेर नाचेकाे देख्छु सारैं खुशी लाग्छ।

एक बारको ज़िन्दगी खुशीसगं हाम्रो नेपाली महिलाहरू बॉच्न त पाए जस्तो लाग्छ । हाम्रो नेपाली महिलाहरूले यो भन्दा धेरै खुशी पावोस जस्तो लाग्छ । नेपालमा छोरी हुदा बाबु आमाको इज्जत जान्छ की भनि डर । बिहे गरेपछी श्रीमानले छोड्छ कि भने डर । गलत कामै नगरे पनि हरेक आफ्नो सानो सानो खुशी र कला दबाएर बसेका हुन्छन ।

बुढ़ाले जे गरेपनि हुन्छ । बार ,भट्टी, जुवा आदी इत्यादि । बुढीले कसैसग बेालेपनि बात लाग्छ । यो महिलाको बिडम्बना । लुगा लगाउनेदेखि हरेक सानो सानो कुरा सोच्नु पर्छ । यहॉ अमेरीकामा यो सबै कुराको डर हुदैन । राम्रो काम गर निडर भएर हिड भन्छन् । नेपालको हिमाल पहाडबाट अमेरिकामा पाल्नु भएको वृद्ध महिलाहरूलाइ भेट्छु । उनीहरू पनि रमाएका हुन्छन र अमेरीकामा पनि नेपाली साहीत्यमा पनि नेपाली महिलाहरू अगाडि बढिरहेका छन् ।

केही नपढेकाहरू पनि काम गरेर बसेका हुन्छन् । घराएसी समस्या त थाहॉ छैन अरू कुरामा १००मा एक दुइ जनालाइ होला जस्लाइ समस्या पर्ने । यहॉ पढेका हरूलाइ पनि ठॉउ छ नपढेकाहरूलाइ पनि ठॉउ छ । सक्छौ भने मेहेनत गर ! सबैलाइ थाहॉ नै छ । मेहेनत गरे फल पॉउछ फरक धेरै र थोरै मात्र हो ।rajya-laxmi

लाग्छ नेपालमा पनि नेपाली महिलाहरूलाइ अधिकारले पाएको सबै खुशी पावोस । नेपालमा महिलाहरूले खुशी पाएको छैन त भन खोजेको होइन आफनो परिवार संग खोले खाए पनि खुशी लाग्छ तैपनि कति कुरा नेपाली महिलाहरूले खुशी पॉउन बॉकीनै छ जस्तो लाग्छ । आफु महिला नै भएको नाताले ।

जसरी नेपाल सुन्दर छ तेसरी होम्रो नेपाली महिलामा कला धेरै छ तर देखाउने ठॉउ पॉउदैन । सहरमा मात्र होइन पाहाड्मा, तराइका गॉउ तिर जानुस् र खोज्नुस धेरै बुद्धीमानी महिलाहरू छन देशको राष्ट्रपति पनि महिलाले जन्माउन्छन। भगवान पनि मनुष्यको रूपमा महिलालेनै जन्म दिन्छ । बच्चा ठुलो भएर के गर्छ त परिस्थितिले फरक पार्छ ।

महिलाले सही खुशी पाए दुनिया उज्यालो हुन्छ। 2016 सालबाट धेरै महिलाहरू देश बिदेशमा अगाडी बढकेा देख्दा असाधै खुशी लागेको छ । पहिला म गॉउतिर जन्थे आफुले जानेको कुरा सिकाउन र उनीहरूबाट सिक्थे पनि। यिनीहरूले कहीले शुख र शिक्षा पॉउन्छन् जस्तो लाग्थ्यो । आफुले गर्न नसकेको अरू महिलाहरूले थालनी गरेका छन । अझ त राष्ट्रपती पनि महिला हुदा खुशीको सिमानै छैन । स्वागत छ महिलालाइ आउने नयॉ दिनहरूको लागि । सबै आउने नयॉ दिनहरू शु:भकामना ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १ : ४६ बजे