१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कोरोनाका कारण अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन



अमेरिका । आफ्नो कार्यकालमा नेपालको भ्रमण गरेका एक मात्र अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड १९ का कारण मृत्यु भएको छ । उनी राष्ट्पति जर्ज बुसका पालामा अमेरिकाको विदेशमन्त्री थिए ।

उनको ८४ वर्षको उमेरमा निधन भएको हो । रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी थिए । उनी अफ्रिकी अमेरिकी समुदायका पहिलो विदेशमन्त्री समेत हुन् ।

उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको पनि बताइएको छ । पावेलले विदेश मन्त्री भएका बेला नेपालको भ्रमण गर्ने एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को जनवरी १८ मा उनी नेपाल भ्रमणमा आएका थिए । त्यस बेला उनले तत्कालीन राजा ज्ञानेन्द्र तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरूसँग भेटेवार्ता गरेका थिए । उनी पछि र अघि पनि यो स्तरको अमेरिकी अधिकारीको भ्रमण नेपालमा भएको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ०३ बजे