६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

रुबिन म्युजियम अफ आर्टमा रहेका दुई कलाकृति नेपाल फर्काइदै



नेपालका महावाणिज्य दूतावास र न्युयोर्कको रुबिन म्युजियम अफ आर्टले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट रहेका दुईवटा कलाकृति नेपाल फर्काउने घोषणा गरेका छन् । यसका लागि संग्रहालयमा आयोजित एक समारोहमा नेपाल सरकार र कला सङ्ग्रहालयको तर्फबाट कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र कार्यकारी निर्देशक डा. जोरित ब्रिट्चगीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

फिर्ता गरिने कलाकृति १७ औं शताब्दी र १४ औं शताब्दीका ) रहेका छन् । यि कलाकृतिहरु पाटन र काठमाडौंको बिहारबाट हराएको बताइएको छ । यि सम्पदाहरु सन् २०१० देखि उक्त संग्रहालयमा रहेको बताइइएको छ ।

“रुबिनको सक्रिय र न्यानो प्रतिक्रिया र सहयोगले हराएको कलाकृतिहरू पुन: प्राप्ति र पुनर्स्थापित गर्ने नेपालको राष्ट्रिय प्रयासमा सकारात्मक योगदान पुर्‍याएको छ” कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले भने । यी कलाकृतिहरु नेपाल फिर्ता गराउन पहल र सहयोग गरेकोमा रुबिन संग्रहालय, यसका कार्यकारी निर्देशक, बोर्ड, संग्रहालयका विद्वान र पदाधिकारीहरुप्रति आभार व्यक्त गरे । उनले यस अभियानमा सञ्चारमाध्यम, नागरिक समाज लगायत अन्यबाट प्राप्त सहयोगको पनि प्रशंसा गरेका थिए ।

उक्त अवसरमा बोल्दै रुबिन संग्रहालयका कार्यकारी निर्देशक डा. जोरिट ब्रिट्चगीले रुबिन संग्रहालयहरुले प्राप्त कलाकृतिहरुको प्रदर्शनी तथा स‌ंरक्षणमा ध्यान दिनुका साथै अनुसन्धान पनि निरन्तर रुपमा गर्दे आएको बताए । ”पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको रूपमा रहेको छ, रुबिनको सङ्कलन गतिविधिहरू सिद्धान्तसँग सम्बन्धित नैतिक र व्यावसायिक अभ्यासको उच्चतम स्तरहरूको पालना गर्दछ । हामी विश्वास गर्छौं कि सांस्कृतिक सम्पदाका समस्याहरूलाई सम्बोधन गर्ने र समाधान गर्ने हाम्रो जिम्मेवारी हो, जसमा प्रश्नमा रहेका दुई वस्तुहरूको फिर्तालाई सहजीकरण गर्न मद्दत गर्दछ” उनले थपे ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ३८ बजे