१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी – देश नर्कमा जाँदैछ



अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् ।

ट्रम्पले शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने, “वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ। हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।”

“हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन। उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन्… र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्,” उनले भने । जबकि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन्” उनले थपे ।

ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन् ।

मङ्गलबार, द हिलले दुई स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ- बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुन: चुनाव लड्न लागेको कुरा बताएका थिए । बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् ।

ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्‍याली सम्भावनाको सङ्केत दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ४७ बजे