८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पत्रकार महासंघमा गोविन्द अाचार्यको प्यानल नै निर्वाचित, को को जिते ?


६ भाद्र २०७४, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ अाैं महाधिवेशनले गोविन्द आचार्यलाइ अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार भएको निर्वाचनको मतपरिणाम मंगलबार बिहान सकिएको छ ।

मतपरिणामअनुसार अाचार्य नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।

पदाधिकारीमा प्रेस युनियन र प्रेस सेन्टरसहितका पत्रकारको प्यानलै अाएपनि प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम अाएको छ ।

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलबार  ७ : ०६ बजे