१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वृहस्पतीमा बास्केटबल र फुटबल प्रतियोगिता हुँदै


७ भाद्र २०७४, बुधबार  

0
Shares

काठमाडौं । वृहस्पती विद्यासदनको आयोजनामा चौंथो यु १२ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता र पाँचौं अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । बुधबार विद्यालयले पत्रकार सम्मेलन गर्दै यहि भदौं ११ गतेदेखि २४ गतेसम्म प्रतियोगिता गर्ने जानकारी गराएको हो । सबै प्रतियोगिता वृहस्पती विद्यासदनकै प्रांगण नक्सालमा हुने छ ।

यु १२ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ९छात्र छात्रा दुबै० भदौ ११ देखि १७ गतेसम्म र यु १२ अन्तरविद्यालय फुटबल प्रतियोगिता ९छात्रतर्फ० र मिनि फुटबल भदौ १८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बास्केटबलतर्फ १२ विद्यालय सहभागि हुने जनाइएको छ । त्यस्तै, यु १२ फुटबलतर्फ १२ र मिनि फुटबल प्रतियोगितातर्फ ८ विद्यालय सहभागि हुनेछन् । सबै खेलहरु लिगकम नकआउटका आधारमा खेलाइनेछ । त्यस्तै, भदौ १६ गते बास्केटबल प्रतियोगिताको सेमिफाइनलको दिन अपाङ्गत भएका बास्केटबल खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप ह्विलचियर बास्केटबल प्रतियोगिता गरिने र प्रतियोगि खेलाडीहरुलाई विद्यार्थीहरुसँग अन्तरक्रिया गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७४, बुधबार  ८ : १२ बजे