७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लज्जु र हसिना बने द्वितीय उपविजेता


१५ भाद्र २०७४, बिहिबार  

0
Shares

काठमाडौँ । जापानमा सम्पन्न इन्टरनेसनल ल मुटकोर्ट कम्पिटिसन एसिया कप २०१७ मा नेपाल ल क्याम्पसकी लज्जु श्रेष्ठ र हसिना लामिछाने द्वितीय उपविजेता भएका छन् । दुवै बीए एलएलबी पाँचौ वर्षमा अध्ययनरत छन् ।
प्रतियोगितामा एसियन मुलुकका ३३ समूहले प्रतिस्पर्धा गरे पनि प्रत्येक देशबाट एउटा समूहले सहभागिता जनाउन पाउने व्यवस्थाअनुसार ११ देशका १२ समुह सहभागी भएका थिए । जापान आयोजक देश भएकाले दुई समूहले सहभागिता जनाएको थियो ।
सो प्रतियोगितामा समूहगत सहभागिता मात्र गर्न पाइन्छ । सो प्रतियोगितामा एशियन मुलुकका स्नातक अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउँछ । प्रतियोगितामा नेपाल, जापान, चीन, मलेसिया, सिंगापुर, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, इन्डिया, पाकिस्तान र थाइल्याण्डको सहभागिता थियो ।
सो अवार्ड प्रतियोगिता द्वितीय उपविजेतामध्येकी लज्जु श्रेष्ठका अनुसार, प्रतियोगितामा अन्तर्राष्ट्रिय समुद्री कानुन सम्बन्धी काल्पनिक केसमा मूलकोर्ट तयार पारी प्रस्तुति गरिएको थियो ।
जापानको परराष्ट्र मन्त्रालय र जापनिज सोसाइटी अफ इन्टरनेशनल ल को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालबाट हसिना लामिछाने र लज्जु श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
भदौको ६ र ७ गते सम्पन्न सो प्रतियोगितामा सिंगापुरको नेशनल युनिभर्सिटी अफ सिंगापुर विजेता बनेको थियो । त्यस्तै प्रथम उपविजेताको उपाधि थाइल्याण्डको दम्मास्ट युनिभर्सिटीले प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहिबार  ९ : २९ बजे