१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तिम्रा यादहरु [कविता]


१८ भाद्र २०७४, आइतबार  

0
Shares

पवित्रा सुनार

सिसा कलमले
लेखिएको अक्षर भए
इरेजरले मेटाइदिन्थें
तिम्रो याद
कम्प्युटरमा राखेको
सामग्री भए
डिलेट गर्थे
तिम्रो माया
यहाँ त रगतले
मुटुमा लेखिएको छ
भन कसरी
मेटाउन सक्छु ?

सागरसरि
भरिएको छ याद
भन कसरी
रित्याउन सक्छु ।
हो साँच्चै
रगतले मुटुमा
लेखिएको छ
भन कसरी
मेटाउन सक्छु ?
–युगको आवाजबाट

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार  ८ : ११ बजे