६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

‘शेरबहादुर’ माघ अन्तिममा


२५ भाद्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । चलचित्र ‘शेरबहादुर’ माघको अन्तिमसातामा देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रको पहिलो पोष्टर सार्वजनकि गर्दै चलचित्र टिमले माघ २६ गतेलाई प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् ।

धीराज प्रोडक्सनको व्यानरमा निर्मित शेरबहादुरुमा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धीराज राजवंशीको लागनी रहेको चलचित्रमा कोसिस क्षेत्रीको शब्द, संगीत छ । चलचित्रको नाम प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि कथा उनको जीवनीसँग नमिल्ने निर्माण युनिटले शेरबहादुरु घोषणा ताका जानकारी दिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतबार  ४ : ४५ बजे