१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मार्सल आर्ट न्युयोर्कका खेलाडी ९ पदक जित्न सफल


१ कार्तिक २०७४, बुधबार  

0
Shares

न्युयोर्क । गत अक्टोबर ८, २०१७ मा भएका न्यूयोर्क ओपन च्याम्पियनसिपमा इन्टर्नेससलन मार्सल आर्ट एसोसिएसन न्युयोर्कका ७ जना विध्यार्थीले सो प्रतियोगितामा सहभागिता लिएकोमा ५ जना पदक जित्न सफल भए । जसमा २ स्वर्ण, ३ रजत र ४ कास्य पदक थिए ।

विजयी खेलाडीमा जेन्नी सीले काता तर्फ स्वर्ण, कुमुतेतर्फ कास्य, कृष लामाले कातातर्फ स्वर्ण र कुमुतेतर्फ कास्य, शेनाज खानले कुमुतेतर्फ रजत र कातातर्फ कास्य, फिन्चो शेर्पाले कातातर्फ कास्य र कुमितेतर्फ कास्य, पाल्देन शेर्पाले कुमुतेतर्फ कास्य जिन्न सफल भएका थिए ।

उक्त प्रतियोगिता बेस्ट चेस्टर कम्युनिटी कलेज न्युयोर्कमा रिकु बुजुत्सु केन्क्या डुयुकाई न्यूयोर्कद्वारा आयोजना भएको थियो । सो प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरु गरी ९५० जनाको सहभागिता रहेको थियो भने वल्ड कराते फेडेरेशन, पान अमेरिकन र युएसए नेसनल कराते फेडेरेशन गरी जम्मा ६० जना निर्णायकको सहभागिता थियो ।

इन्टरनेसलन मार्सल आर्ट एसोसिएसन न्युयोर्कको प्रतिनिधित्वोमा यसअघि पनि धेरै पल्ट खेलाडीहरुले पदक जित्दै आएका र यस प्रकारको सफलताले खेलाडिहरुको प्रोत्साहन बढेको प्रशिक्षक तथा सञ्चालक सेन्सेई पर्खी राईले बताए । उक्त प्रतियोगितामा यस प्रशिक्षण केन्द्रका सेन्पाई दिपक राईले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार  १ : ०४ बजे