१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत


१६ कार्तिक २०७४, बिहिबार  

0
Shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् ।

पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार  ४ : १६ बजे