१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुखुम्बुको अपिल


५ मंसिर २०७४, मंगलबार  

0
Shares

सोलुखुम्बु । नागरिक समाज सोलुखुम्बुले सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार अाङगेलु शेर्पालाइ जिताउन अपिल गरेको छ।

नागरिक समाज सोलुखुम्बुले मंगलबार एक प्रेश विज्ञप्ति जारी गर्दै शेर्पालाई चुनाव जिताउन अपिल गरेको हो ।

नागरिक समाजका संयोजक आङजाङ्बु शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च शिखर र उत्तरी छिमेकी राष्ट्र चीनको सिमानामा रहेको प्रदेश सभाको २ नम्बर क्षेत्रमा चुनिने प्रतिनिधिले स्वदेशको मात्र नभएर छिमेकी राष्ट्रसँगको समन्वयको समेत महत्वपूर्ण अविभारा सम्हाल्नु पर्ने भएकाले चयन हुने प्रतिनिधि प्रदेशको मात्रै नभएर नेपालकै शानसँग जोडिएको यथार्थतालाई नकार्न नसकिने उल्लेख गरिएको छ । त्यसैले असल चरित्रवान, जनप्रिय, निष्ठावान र स्पष्ट दृष्टिकोण भएका उम्मेदवार आङगेलु शेर्पालाई मतदान गरी निर्वाचित गराउनु हुन अनुरोध गर्दछु।’

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार  ८ : ४९ बजे