१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘एेतिहासिक उत्तर अमेरिकी तामाङ सम्मेलनको तयारी पुरा भइसक्यो’


१ पुस २०७४, शनिबार  

0
Shares

शान्त थोकर
अध्यक्ष
तामाङ सोसाइटी अफ अमेरिका

पहिलो पटक उत्तर अमेरिकाभर छरिएका तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलन जनवरीको १३ र १४ तारिख न्युयोर्कमा हुदैंछ ।

अमेरिकामा पुरानो जातीय संस्थाको रुपमा स्थापित तामाङ सोसाइटी अफ अमेरिकाले उत्तर अमेरिकामा छारिएर रहेका सबै तामाङ संघ संगठनलाई साझा छाता संगठन बनाउन सम्मेलन गर्न लागेको हो ।

यही सम्मेलनकै लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्त थोकरको नेतृत्वमा गत जनवरीको २० र २१ तारिखमा न्युयोर्कमा उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी भेला सम्पन्न भएको थियो ।

त्यही भेलाले अध्यक्ष थोकरको संयोजकत्वमा २५ सदस्यीय सम्मेलन तदर्थ समिति गठन ग-यो । त्यतिखेर तोकिएको मितिमा सम्मेलन हुन नसके पनि दुई पटक सरेपछि अब हुने तयारीमा जुटेका छन् ।

उत्तरी अमेरिकी तामाङ सम्मेलनको तयारीबारे तामाङ सोसाइटी अमेरिकाका अध्यक्ष तथा सम्मेलनको संयोजक शान्त थोकरसँग एभरेस्ट टाईम्सले गरेको कुराकानीः

पहिलो उत्तर अमेरिका तामाङ सम्मेलनको मुख्य उद्देश्य के हो ?
सम्मेलनको मुख्य उद्देश्य भनेको पहिलो उत्तर अमेरिकामा रहेको तामाङबीच एकता गराई सबै संस्थालाई छाता संस्था स्थापना गर्नु हो । दोस्रो विश्वभरका तामाङको राजनीतिक, आर्थिक, सामाजिक शैक्षिकलगायत अन्य क्षेत्रको हितमा सामूहिक रुपमा मिलेर केही सहयोग गरौ भन्ने हो ।

सम्मेलन कसरी हुदैछ ?
जनवरी १३ र १४ दुई दिने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दोश्रो दिन बन्द सत्र त्यसदिन विधानमाथि छलफल, कार्यपत्र प्रस्तुत गरेर छलफल गरी न्युयोर्क घोषणा पत्र जारी गर्ने छ । यही सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।

यस्तो ऐतिहासिक सम्मेलन गर्ने सोच कहिलेबाट आयो ?
म आफु तामाङ सोसाइटीको अध्यक्षको प्रत्यासी हुदैं गर्दा मैले राखेको पहिलो एजेन्डानै यही सम्मेलन हो । यसअघि सम्मेलनबारे कुरा उठेपनि गर्ने पहिलो सम्मेलन गर्नेबारे एजेन्डाको रुपमा कसैले पनि अघि सारेको थिएन ।

कति जना प्रतिनिधिहरु सहाभागी हुदैछन् सम्मेलनमा ?
यही डिसेम्बर ३१ भित्रमा सम्मेलनमा उपस्थित हुने सबै प्रतिनिधिहरुको नामवाली आइसक्छ तर अहिलेसम्म लगभग २ सयको हाराहारीमा आउने निश्चित भएको छ । यसको साथै सम्मेलनमा विभिन्न क्षेत्रको विज्ञहरु, पर्यवेक्षकहरु र अन्तर्राष्ट्रिय तामाङ संस्थाका अगुवासमेत आउने भएको छ । सम्मेलनमा अमेरिकाका विभिन्न राज्यको साथै क्यानडा युरोप, अस्ट्रेलिया, मिडल इस्ट र नेपालबाट तामाङ समुदायका अगुवा र बुद्धिजिवीहरुको सहाभागिता हुनेछ ।

सम्मेलनमा कुन कुन विषयहरुमा कार्यपत्र प्रस्तुत हुन्छ ?
सम्मेलनमा तामाङ जातिको भाषा, धर्म, लिपि, संस्कृति, शैक्षिक र नेपालमा तामाङहरुको राजनीतिक अवस्थाबारे विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएको छ । यही कार्यपत्रको आधारमा न्युयोर्क घोषणापत्र पनि जारी गर्दैछौ ।

तयारी पुरा भइसकेको हो ?
सम्मेलनको तयारी पुरा भइसकेको छ । बाहिरबाट आउने प्रतिनिधिहरुको लागि होटलको व्यवस्था भइसकेर बुकिङ पनि भइरहेको छ । सम्मेलनकै अवसरमा तामाङ जातिको मौलिक सांस्कृतिक कार्यक्रम डम्फु साँझ पनि भव्य रुपमा हुने तयारी भइरहेको छ । यो कार्यक्रम ऐतिहासिक हुने हामीले अनुमान गरेका छौ । सम्मेलनकै लागि विभिन्न राज्यमा तामाङ सोसाइटीको च्याप्टरहरु पनि गठन भइरहेको छ । यसै क्रममा डिसेम्बर २४ तारिख न्युयोर्कमा तामाङ सोसाइटी न्युयोर्क च्याप्टर गठन हुने लागेको छ ।

प्रकाशित मिति : १ पुस २०७४, शनिबार  १० : ०९ बजे