६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नयाँ बर्षमा नलिना


२६ पुस २०७४, बुधबार  

0
Shares

एभरेष्ट टाईम्स् /न्युयोर्क

गायिका नलिना चित्रकार नयाँ बर्ष २०१८ मनाउँन परिवारसँग घुमघाममा ब्यस्त छिन् । ‘२०१७ भरी अत्यन्तै ब्यस्त भएकीले परिवारसँग घुम्ने समय मिलाउँन सकेकी थिईनँ’ उनले एभरेष्ट टाईम्ससँग च्याटमा भनिन्, ‘छोरालाई गरेको प्रमीस पुरा गर्दैछु’ । फेम्ली भ्याकेशनबाट फर्कने बित्तिकै उनी तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिर्नियाको आयोजनामा हुने ल्होछार कार्यक्रममा पर्फर्मेन्सको लागि पुग्ने बताईन् । तामाङ समुदायको अधिक जमघट हुने भएकोले सेलो शैलीका गीतहरु बढी प्रस्तुत गर्ने सोच रहेको उनले बताईन् ।

छोरा र श्रीमानका साथमा नलिना चित्रकार

करीब तीन दशकदेखि प्रफेश्नल्ली गायन क्षेत्रमा रहेकी नलिना प्राय ब्यस्त हुन्छिन् । २०१७ भित्र कहिले उनी नेपालमा कन्सर्ट गर्न पुगिन् त कहिले मिडल ईस्टमा पहिलो नेपाल आईडलको ग्रान्ड फिनेल स्टेज तताउँन । युरोप यात्राबाट आफ्ना फ्यानहरुको माझ सामाजिक सञ्जालमा लाईभ उपस्थित भइन् भने अमेरिका भित्र भएको विश्व साँगीतिक मेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल चिनाउँन पनि उनले भ्याईन् । कार्यक्रम आयोजकले बोलाएको समयमा पुग्नु पर्ने हुन्छ । त्यसैले बेला बेला र बिशेष गरी चाडबाडमा परिवारसँग टाढा रहनु पर्दा मन अमिलो हुने उनी सुनाउँछिन् ।

१२ बर्षे छोरा र श्रीमानको साथमा क्यालिफोर्निया बसोबास गरेकी नलिनालाई निकै हँसिली र फरासिली गायिकाको रुपमा चिनिन्छ । उनले रेकर्ड गराएकी गीतहरुको सँख्याले २०० कटेको उनी बताउँछिन् । उनको पहिलो अल्बम ‘प्रियतम’ निकाल्ने बेला जस्तो अहिले गीतका सिडी र क्यासेट बजारमा बिक्रि हुँदैन । तर उनले बेला बेला अल्बम निकाल्न भने छाडेकी छैनन् । पछिल्लो अल्बम ‘सासले’ सहित ८ वटा अल्बम निकालेकी नलिना नवौ अल्वमको तयारीमा जुटेकी छिन् । उनले बजार अध्ययन गरेकी छिन् र बजारको माग अनुसारको गीतहरु नयाँ अल्बममा राख्ने योजना पनि बनाएकी छिन् । गायक गायिकाको लगि अहिलेको राम्रो बजार लाईभ स्टेज पर्फर्मेन्स नै हो । त्यसो त नलिना पनि पछिल्लो समय स्टेज लाईभ प्रस्तुतीमा बढी देखा परेकी छिन् । समयको माग अनुसार नै त्यसो हुन गएको उनी भन्छिन् ।

कार्यक्रम आयोजकका अनुसार स्टेज पर्फर्मेन्समा उपस्थित दर्शकको मनोभावना बुझेर गीत गाउँन नलिना माहीर छिन् । दर्शक अनुसारको गीत पस्कन सक्नु उनको खुवी हो । कस्तो खाले दर्शकलाई कुन गीत चाहिन्छ भनेर नलिनालाई राम्रो ज्ञान भएको हिमालय फेस्टीभल युएसएका अध्यक्ष राजेन गिरी बताउँछन् । नलिनाको अनुसार पुराना गीतहरु मन पराउँने दर्शकको सँख्या पनि थुप्रै रहेका छन् । अधिकांशले पुरानो, नयाँ तथा लोक लयका गीतहरुका फ्युजन बढी रुचाउँने गरेको उनी बताउँछिन् । त्यसो त उनले लोकगीतसँगै बिभिन्न जातजातिको मौलिक गीतहरुलाई मिलाएर फ्युजन पनि बनाएकी छिन् ।

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार  २ : ४४ बजे