६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सुमन सौरभको लघुकथा ‘स्वप्निस्तान’ परिचर्चा


५ माघ २०७४, शुक्रबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं 

लेखक सुमन सौरभको लघुकथा संग्रह ‘स्वप्निस्तान’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार अनामनगरस्थित बिनायो क्याफेमा भएको परिचर्चा कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमुख अतिथि राजेन्द्र सुवेदी, अतिथि गोपाल अश्क, लक्ष्मणप्रसाद गौतमले कृतिबारे चर्चा गरेका थिए ।

सौरभका पाँचौ कृति स्वाप्निस्तानमा अरुभन्दा फरक फ्लेभर भेटिएको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

साहित्यकार गोपाल अश्कले सौरभका लघुकथाको प्रशंसा गर्दै भने, ‘‘सबैभन्दा मुख्य कुरो त कथाकार  सुमन सौरभ लघुकथा मात्र लेख्ने भएको कारण यसबारे उहासँग अथाह ज्ञान छ । यही कारण यो कथा एकदमै भिन्न किसिमले दर्शाइएको छ, उहाँमा एउटैै विषयलाई फरकफरक तरिकाबाट प्रस्तुत गर्ने सक्ने क्षमता छ । सपनालाई यथार्थपूर्ण ढंगबाट पनि चित्राङ्कित गरिएको छ ।’’


अर्का साहित्यकार लक्ष्मण गौतम कथाकार सौरभ फरकपन बोकेका कथाकार मध्ये एक भएको उल्लेख गर्दै भने, ‘‘साच्चिनै भन्नु पर्दा सौरभ पृथक धारका कथाकार हुन् । सामान्य, जटिल, राजनीतिक, कतिपय समाजमै भइरहेका कुराहरु हुन्छन् । ती सबैलाइ बुनेर अख्यानिकरण गरेर उतार्न सक्ने शक्ति उहाँमा पाएँ । मुलत हामी पुस्तक पढ्दाखेरि दुई प्रकारले पढ्ने गछौँ । पहिलो ह्दयले, दोस्रो मस्तिस्कले । र, यो पुस्तक हामी मस्तिस्कले मात्र पढ्न सकिन्छ ।’’

लेखक सौरभले स्वप्निस्तान, सपना केन्द्रीत लघुकथाहरुको कथा संग्रह भएको उल्लेख गरे । ४७ वटा लघुकथा रहेको किताब लेखनबारे उनले भने, ‘देखिएका सपनाहरुलाई लिएर उत्त संग्रहमा कसरी जोड्ने हो बडो मुस्किल थियो, तर मलाई के फिल हुन्थ्यो भने पुस्तक बनाउने नै हो भने सस्पेन्समा राख्ने खालको प्रसंगलाई समेट्ने प्रयास गर्छु चाहे जत्ति नै दुःख किन नहोस । किताबमा गीता, बाइबल, इराक जस्ता थुप्रै कुराहरु जोडिन पुगेको छ । जान्ने मान्छे यो एउटैे कथालाई पनि ४ तरिकाले देख्न सकोस । कथाहरु तयार पार्न तीन बर्ष जत्ति समय लाग्यो ।’’

प्रमुख अतिथिसमेत रहेका साहित्यकार राजेन्द्र सुवेदीले किताबका कथा सानो भएता पनि अति नै सुन्दर भएको बताए । उनले भने, ‘‘स्मल इज ब्युटी, सौरभ एक जटिल कथाकार हो । यो पुस्तकका कथाहरुलाई दुइ तिन तरिका बाट पढ्न सकिन्छ ।’

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार  ७ : ५९ बजे