७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेश नं ३ मा शालिकराम गृहमन्त्री, केशक स्थापतिलाई भौतिक योजना मन्त्रालय


२९ माघ २०७४, सोमबार  

0
Shares

हेटाै‌ंडा । प्रदेश नंं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रि परिषदमा आज अपराह्न दुई मन्त्री नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई आज अपराह्न पद तथा गोपनीयताको शपथ गराइन् । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

अर्को मन्त्रिपरिषद् विस्तार नहुञ्जेल बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्ने मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताए।

नवनियुक्त मन्त्री स्थापित र जमरकट्टेलले ३ नं प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निष्पक्ष र पारदर्शी ढंगले गर्ने बताए ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार  ७ : २५ बजे