१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मिथुन राशिका लागि २०१८ का शुभ दिनहरु


१० फाल्गुन २०७४, बिहिबार  

0
Shares

पं उद्धवराज शास्त्री
साहित्य, भागवात, ज्योतिषाचार्य

क, का, की, कु, घ, ङ, छ, के, को, हः यी अक्षरबाट प्रारम्भ भएका नामहरुको मिथुन पर्दछ । यो राशीको स्वामी बुध हो । यस राशीका मानिसहरु प्रायः अग्लो शरीर, गहुगोरो वर्ण, सुन्दर कपाल र ठुलो नाक भएका हुन्छन् । यिनीहरुको अनुहारमै बुद्धिविवेक झुल्कन्छ ।
मिठो बोली, चातुर्य, दयालु, दृढ प्रतिज्ञा, विद्वान, धनी, हरेका कार्यमा तत्काल तत्पर, अत्यन्त तार्किक, तृष्ण वृद्धि, भोगी, विलासी, चञ्चल, नीति मर्मज्ञ तथा अभिक सर्वप्रिय भोजन यिनीहरुको जन्मसिद्ध प्रकृति प्रदत्त गुण हो । यिनीहरुलाई कमजोर प्रकृतिको रुपमा उभ्याइन्छ । वास्तवमा यी राशीकाहरु तीक्ष्ण बुद्धि एवं तर्कवितर्कमा अग्रस्थानमा हुन्छन् भने घरायसी झगडाा र आफ्नो सुरक्षाप्रति सदैव सावधान रहन्छन् । हरेक प्रतिकुल अवस्थामा आफूलाई सम्हालेर वुद्धिपूर्वक कार्य गर्नु यिनीहरुको विशेष गुण हो । खरिद बिक्री, एकाउन्टेन्टसम्बन्धी कार्य, बैंकिङ क्षेत्रका कार्यहरुमा यी राशीका जातकहरु सजिलै सफलता प्राप्त गर्दछन् । यिनीहरु भ्रमण तथा परिवर्तनप्रिय हुन्छन् । मिथुन राशीका जातकहरु उद्योग धन्दा, व्यापारभन्दा नोकरीमा सफल हुन्छन् ।

पेटसम्बन्धी रोग निद्रासम्बन्धी रोगबाट प्राय: कम उमेरमै पीडित हुने यी राशीको जातकहरु वाकपटुताका कारण सबैलाई वशीभूत गर्न सफल हुन्छन् । यिनीहरुको मुल उद्देश्य नै आफ्नो र आफ्ना आफन्त इष्टमित्र एव्र साथीभाईहरुको जीवनलाई अत्यन्त सरल। सुन्दर र आनन्ददायी बनाउनु हो । बौद्धिक सन्तोष यिनीहरुको आदर्श एवं प्ररेणा शक्ति हो ।

मिथुन राशीका जातकहरुले सदैव आत्माग्लानिबाट बच्नका लागि सावधान रहनु, प्रगतिको शिखर चुम्ने अचुक उपाय हो । किनकि यिनीहरुको प्रगतिमा रोकावट भनेकै आत्माग्लानि हो ।

शुभबार–बुध, सोम, शनि, शुक्रबार
शुभ रंग–हरियो, हल्का पहेलो ।
शुभ नंग–पन्ना ६ वा ३ रात्तिको सुनको औठीमा वुधबार वा उत्तर फाल्गुनी नक्षत्रमा कनिष्टका(कान्छी औला)मा धारण गर्ने ।
व्यापार, व्यावसाय, साझेदाी एवं मित्रता कुन कुन राशीसँग शुभअशुभ लाभहानी
१, लाभ–मिथुन, सिंह, कन्या, तुला, कुम्भ र मीन
२, हानि–कर्कट, वृश्चिक, धनु
३, समभाव–मेष, वृष, मकर–मिश्रित फल

अन्यश्च–
भाग्यशाली रत्न गोमेद, फिरोजा
भाग्यशाली अंक–५
भाग्यशाली दिन–बुधबार
भाग्यशाली धातु–पारा
प्रेम सफलता ग्रह–वृहस्पति
धन संरक्षक ग्रह–चन्द्रमा
पारिवारिक जीवन ग्रह–बुध

राम्रो गुण–वुहद संवाद क्षमता, तुरुन्त सिक्ने कला ।
अनावश्यक लक्षण–शब्दवाणको प्रयोग, उथलपुथल ।
अनुकुल राशीः तुला, कुम्भ
मनोरञ्जनका लागिः तुला
विवाहका लागि उत्तम राशीः धनु
प्रगतिका लागि उत्तमः मीन
भावनात्मक सहायतका लागिः कन्या
धनसम्बन्धी कार्यका लागिः कर्कट
आध्यात्मिक मामलाको लागिः वृष, कुम्भ

२०१८ का लागि शुभ दिन तारिखमा

फेब्रुअरीः १,२, ४, १०, ११, १२, २५, २६
मार्चः १, ३, ४, ९, १०, ११, १४, २४, २५, २८
अप्रिलः ६, ७, ८, १३, १४, २०, २१, २४, २५
मेः ३, ४, ८, ९, ११, १२, १७, १८, २२, २३, २५, ३१
जुनः २, ३, ११, १२, १५, १६, २४, २५, २६, २७, २८
जुलाइः २, ३, ११, १२, १५, १६, २४, २५, २६, २७, २८
अगस्टः ८, ९, १३, २०, २१, २२, २३, २६
सेप्टेम्बरः ४, ८, १७, १८, १९, २०, २१, २२, २३
अक्टोबरः १, २, ६, १४, १५, १६, १७, १८, २८, २९
नोभेम्बरः २, ५, ६, १०, १२, १४, २५, २९, ३०
डिसेम्बरः ३, ४, १०, ११, १२, २२, २३, २६, २७, ३०, ३१
अस्तु

1008gayatri@gmail.com

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार  ९ : ४३ बजे