१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बच्चालाई घरमा छोड्दा बर्बाद, उड्यो बाआमाको होस


११ जेष्ठ २०७४, बिहिबार  

0
Shares

एजेन्सी । चीनका एक बालकलाई उनका बाआमाले घरमै एक्लै छाडेर किनमेल गर्न गए । जब किनमेलबाट फर्के, तब उनीहरुको जिन्दगीमा कल्पना गर्नै नसकिने काम उनीहरुका छोराले गरे । घरमा पुग्दा उनीहरुले अघिल्लो दिन मात्र बैंकबाट लिएको ऋण छोराले टुक्राटुक्रा पारेका थिए ।

झन्डै सात लाख भन्दा बढी(५,५०० पाउन्ड) रुपैयाँ यसरी टुक्राटुक्रा पारेको देखेर बाआमा बेहोस भए । बाआमाले छोडेर गएपछि ती बालकले घरका विभिन्न सामान निकालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्यसपछि ड्रयरमा हात हालेका उनले पैसा देखेपछि भकाभक टुक्रा पार्न थाले ।

उनीहरुले बैंकलाई समस्या सुनाएपनि च्यातिएको नोट भने बैंकले साट्न मानेन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार  ३ : २४ बजे