१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्री केपी शर्मा ओली ‘डाक्टर अफ साइन्स’बाट विभुषित


२५ चैत्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तराखण्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेको छ ।

आइतबार भारतको राजधानी नयाँ दिल्लीबाट विशेष विमानमा उद्यमसिंह पुगेका ओलीलाई विश्वविद्यालयले विशेष दीक्षान्त समारोह आयोजना गरी उक्त उपाधि प्रदान गरेको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतबार  ८ : ०३ बजे