७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

डा उपेन्द्र देवकोटा उडे जन्मथलो पालुङटार


२६ जेष्ठ २०७५, शनिबार  

0
Shares

काठमाडौं : डा उपेन्द्र देवकोटालाई उनकै इच्छा बमोजिम आज गोरखास्थित पालुङटारमा घर लगिएको छ । हेलिकप्टरबाट स्वास्थ्य टोलीसहित उनलाई जन्मगाउँ लगिएको हो ।

काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालबाट उनलाई हेलिमा लैजाँदै गर्दा उनका शुभेच्छुक र आफन्तहरुको भिड लागेको थियो । हेलि उड्नै लाग्दा हुरी र पानी परेपछि केही बेर रोकिएको थियो ।

देवकोटा लामोसमयदेखि पित्त थैलीमा क्यान्सरका कारण थलिएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार  ३ : ४७ बजे