१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बुध्द दर्शन बारे प्रवचन सम्पन्न ।


२८ असार २०७५, बिहिबार  

0
Shares

एभरेष्ट टाईम्स् / न्युयोर्क
न्युयोर्कमा एक दिने बुध्द दर्शन सम्बन्धी प्रवचन हालै सम्पन्न भयो । तामाङ समाज न्युयोर्कले आयोजना गरेको कार्यक्रममा बौध्द जागरण केन्द्र नेपालका श्रध्देय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिम्बोचेज्युले उपस्थित तामाङ जनसमुदायलाई बौध्द दर्शन र हाम्रो जीवन सन्दर्भमा प्रवचन दिनु भयो । यसका साथै सामुहिक रुपमा विश्व शान्तिको लागि प्रार्थना गर्दै रिम्बोचेले उपस्थित जनसमुदायलाई अभिषेक प्रदान गर्नु भयो । 
 
आयोजक संस्थाका सचिव दिपेन्द्र मोक्तानले सँचालन गरेको कार्यक्रममा रिम्बोचेसँग सम्बन्धित बिषयवस्तुमा खुला छलफल समेत गरिएका थिए । जनसमुदायबाट राखिएका जिज्ञासाहरुलाई सम्बोधन गर्दै रिम्बोचेले सकरात्मक सोचले करुणामय ब्यबहारको विकास हुँदै जाने र यसबाट रिस, राग, मोह, ईर्ष्याको मात्र घटाउँदै लगी जिवन सरल र शान्त बनाउँदै एक आपसमा मित्रभाव बढाउँने सूत्र बताउँनु भयो । तामाङ समुदायमा बोन धर्म र बुध्द धर्म बिच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै रिम्बोचेले दर्शनको अध्ययन र धर्मको अभ्यासले बुझ्न सजिलो बनाउँने बारेमा प्रकाश पार्नु भयो ।
 
तामाङ समाज न्युयोर्कका अध्यक्ष गोमा योञ्जनले रिम्बोचे, तामाङ समाज ग्रेटर वाशीङटनका अध्यक्ष उत्तर दोङ लगायत उपस्थित समुदायका सम्पुर्ण सहभागीहरुलाई आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामा, संस्थापक अध्यक्ष सुवास लामा, कोलोराडोबाट बौेध्द दर्शनका अध्येता अक्कल पाख्रिन लगायत उपस्थित रहनु भएको थियो ।         

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार  ५ : ३६ बजे