६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

डा.केसीको अनशन २७ औं दिनमा, स्वास्थ्यस्थिति नाजुक


१० श्रावण २०७५, बिहिबार  

0
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आमरन अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक हुदै गएको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औँ पटक अनशन थालेको आज २७औँ दिन पुगेको छ ।

आज उनले पटकपटक वान्ता गरेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताए । एक नर्सले भनिन् ‘पटक पटक वान्ता हुनथाले पछि, डाक्टरलाई जानकारी गराई चेक जाँच गर्दा उहाँ जुन सुकै बेला अचेत हुन सक्ने डाक्टरले बताउनु भएको छ ।’

डा केसी पक्ष र सरकारबीच आज वार्ता भयो । तर वार्ता सफल हुन सकेन ।

 

प्रकाशित मिति : १० श्रावण २०७५, बिहिबार  ८ : १३ बजे