७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चोरले उडाए ७६ सिटे विमान : भने, ‘भिडियो गेम खेलेरै प्लेन उडाउन जाने‌ं’


२७ श्रावण २०७५, आइतबार  

0
Shares

अमेरिकाको सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति एक २९ वर्षीय युवकले अनुमति बिना विमान उडाए । रसेल होराइनज एयरका कामदार थिए ।

शुरुमा आतंकवादी घटना हुनसक्ने भय व्याप्त भए पनि स्थानीय प्रहरीले विमानमा कोही यात्रु नभएको र आतंकवादी घटना नभएको बताइयो । त्यसपछि दुई वटा एफ १६ फाइटर जेटले पछ्यायो ।

यता एयर ट्राफिक कन्ट्रोलरले पाइलटसँग कुरा गर्दै ७६ सिटे विमानलाई सुरक्षित अवतरण गर्ने प्रयत्न गर्‍यो ।

केट्रन आइल्यान्डमा सो विमान दुर्घटना भएपछि बल्ल सो विमानस्थलमा उडान र अवतरण खुला गरिएको थियो । दुर्घटनामा परी रसेलको मृत्यु भयो ।

रसेलले शुक्रवार साँझ ७:३० बजेतिर विमान उडाएका थिए । उनले विमान उडाएपछि एअर ट्राफिक कन्ट्रोलरसँग कहिले राम्रैसँग कुरा गरेका थिए भने कहिले हतासका साथ । ३० माइल जति उडेपछि विमान दुर्घटना भयो र विमानस्थलका कर्मचारीले रसेलको मृत्यु भएको पुष्टि गर्‍यो ।

उनले कसरी विमान उडाए ? यो प्रश्न गम्भीर रुपमै उठ्यो । त्यहाँको नर्थवेस्ट रिजनल अफिसका नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले भने उनीजस्ता कर्मचारीले विमान ‘स्टार्ट’ गर्न सक्ने जनाएको छ ।

रसेलसँग पाइलटको लाइसेन्ससमेत नभएको खुलेको छ । उनी कार्यरत होराइजन एअरका प्रमुख गेरी बेकले उक्त कुराको पुष्टि गरेका हुन् । उनले कसरी विमान उडाए भन्नेमा आफू अचम्ममा परेको उनले बताएका छन् ।

होराइजनमा रसेल साढे तीन वर्षदेखि कार्यरत थिए । उक्त दिन रसेलको जिम्मा लगेज र कार्गो मिलाउनुका साथै सफा गर्ने थियो । उक्त विमान उडानको कुनै रुटिन थिएन त्यो दिन । विमान उडाएपछि एअर ट्राफिक कन्ट्रोलरले सोध्दा आफूले भिडियो गेम खेलेकोले विमान उडाउन सक्ने बताएका थिए रसेलले । उनको परिवारले रसेल राम्रै मान्छे भएको भन्दै उक्त घटनाबाट आफूहरु मर्माहत भएको जनाएको सिएनएनमा उल्लेख छ । -दि न्युयोर्क टाइम्स

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतबार  १० : ०५ बजे