२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने अष्ट्रेलिया पहिलो देश

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विश्वकै पहिलो कानुन लागू भएपछि लाखौँ बालक–किशोरका फेसबुक, इन्स्टाग्राम, टिकटकदेखि युट्युबसम्मका खाताहरू एकैपटक बन्द भएका छन् । सोमबारदेखि लागू भएको यो कानुनले इंस्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, टिकटक, किक, ट्विच, रेडिट र युट्युबजस्ता प्लेटफर्मलाई कडा रूपमा कार्यान्वयन गर्न बाध्य बनाएको छ । कानुनले अभिभावक वा बालबालिकालाई…