काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को महासचिवमा भरतराज गौतमलाई नियुक्त गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम डा गौतमलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरिएको हो । गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा…