प्रदेश सभा सदस्य अधिकारीको आरोप : गोविन्द केसीले राजतन्त्र भित्राउन खोज्दै छन्

January 13, 2019

काठमाडौं । प्रदेश ३ का प्रदेश सभा सदस्य रामकुमार अधिकारीले डा.गोविन्द केसीले  देशमा फेरी राजतन्त्र भित्राउन प्रयास गरेको आरोप लगाए ।

आइतवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सांसद अधिकारीले डा.केसीको १६औं पटकको अनसनको माग चिकित्सा क्षेत्रमा भन्दा राजनीतिक तर्फमोडिएको बताएका हुन् ।

उनले केसी लोकतन्त्रको विरुद्ध जान खोजेको प्रष्ट पार्दै भने, ‘अनसनरत डा.गोविन्द केसी समृद्ध नेपाल निर्माणमा आच पुर्याउन खोजेको प्रष्ट बुझ्न सकिन्छ । उक्साउने धेरै पाउनु भएको छ । त्यसैको रोहवरमा लोकतन्त्रको विरुद्धमा लागेर राजतन्त्रलाई भित्राउने ठुलो राजनीति गर्दैछन् ।’

अधिकारीले डा.केसी अराजक बन्दै गएको जिकिर गर्दै भने, ‘एक त सरकारी तलब पनि खादै छन् फेरी सरकार विरुद्ध नै आमरण अनसन बसेको छ । त्यो पनि निर्मलाको हत्यारालाई सजाय, द्दव्दकालमा द्दव्द पीडितहरुलाई न्याय, भ्रष्ट्राचारको अन्त्य इत्यादि कुराको माग राखेका छन् । यो काम सरकारको होकी डाक्टरको हो ?’

देशमा यति बेला सबै एकता बद्द भएर समृद्ध नेपाल निर्माण गर्नुपर्ने अवस्थामा शान्ती भंग हुने अनावश्यक आमरण अनसन बसेको आलोचना गरे । अधिकारी भन्छन्, ‘डाक्टर बाट सिधै नेता हुनेपो लक्ष्ण देखिन थाल्यो । त्यै माथि उहाको कार्यकर्ताहरु पनि आक्रमक खालको छन् । अलिकति उहाविरुद्ध बोल्यो कि डराउनु पर्ने स्थिति नै हुन्छ । अनि, यो के अराजक हैन त ?’

उनले अब नेपालमा यस्तै गतिविधि निरन्तर हुदै गएमा देश फेरी अशान्ती तिर अघि बढ्ने धारणा व्याक्त गर्दै भने, ‘वर्तमान सरकारलाई सबैको आखाँ लागको छ । एक पछि अर्को विवादमा फसाइने ठुलो चालखेल गरि यो दुई तिहाईको सरकारलाई घुडा टेकाउन अनि मुन्टो निहुराउने गम्भिर षड्यन्त्र अपनाइन्दै छ ।’

अधिकारीले अब सरकार ठुलो विरोध हुने भविष्यवाणि गर्दै भने, ‘अब कहि पछि डा.केसीको मुद्दा उठाएर नेविसंघले आन्दोलन गर्न थाल्छ । त्यसपछि महिलासंघ अनि रविन्द्र मिश्रको टिमले झनै ठुलो आन्दोलन गर्न थाल्छन् ।’

मिडियाले पनि उनिहरुकै कुरा लाइलिएर ब्रेकिङ न्युज बनाई सपोर्ट गर्न थाल्छन् । उनले थपे, ‘अनि हुदा हुदा तरुण दल पनि यै विषयलाई लिएर झनै देशको स्थिति खलबलाउने पक्षमा लाग्छन् । हामीलाई कामगर्ने वातावरण नै नदिन ठुलो राजनीति हुदैछ ।’

सम्बन्धित समाचार