अमेरिकी ट्राभल प्रदर्शनीमा नेपाल सहभागी

February 18, 2020

लस्एन्जल्स – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरी १५ र १६ तारिक भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपालको पनि सहभागिता रह्यो । ट्रेकिङ एजेन्ट्स् एशोसियसन अफ नेपाल (टान)को नेतृत्वमा केही सदस्य ट्रेकिङ एजेन्सीहरुको सहभागिता नेपालको तर्फबाट भएको टानकी महासचिव सरिता लामाले बताएकी छिन् । टानको तर्फबाट महासचिव लामा सहभागी भएकी हुन् ।

महासचिव लामाका अनुसार कम्तीमा पनि तीन हजार जान भिजिटरहरुले प्रदर्शनीमा राखिएका नेपाली स्टलहरुमा अाएर नेपालको बारेमा विशेष रुचीपूर्वक जानकारी लिएका थिए । यसले भ्रमण बर्ष २०२० बारे प्रचारप्रसारमा राम्रो सहयोग पुगेको पनि उनले बताईन् ।

सहभागीहरुमा हिमालयन फ्रेन्ड्स ट्रेकिङका प्रमुख तथा टानका सक्रिय सदस्य रिन्जी जाङ्बु शेर्पा, ट्रेकिङ एक्सपर्टका प्रमुख पासाङ रिन्जी शेर्पा, फ्रेन्ड्स एड्भेन्चर टीमका प्रमुख राजेन्द्र बहादुर लामा र स्नो होराईजन ट्रेक्स, ए वान ग्लोव टुर्स लगायतका प्रतिनिधीहरु थिए । सहभागी प्रतिनिधीहरुले स्टलमा विभिन्न जातजातिका मौलिक पोशाक लगाएर भिजिटरहरुका ध्यान तानेका थिए ।

सम्बन्धित समाचार