७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कर्मचारीले पेशागत अधिकारको रक्षासँगै जनतालाई गुणस्तरीय सेवा दिन पनि सक्नुपर्छ : तामाङ


२४ पुस २०७५, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार प्रकाशन विभाग प्रमुख बलदेव तामाङले सार्वजनिक महत्त्वका विषयहरु ट्रेड युनियनको मुद्दा बन्नु पर्ने बताएका छन् ।

नेपाल टेलिकम वर्कस युनियन केन्द्रीय युवा समितिले राजधानीमा मंगलबार काठमाडौ क्षेत्रीय समिति अन्तर्गतका नवनिर्वाचित इकाई, क्षेत्रीय तथा केन्द्रीय प्रतिनिधिहरुको स्वागत एवं बधाई कार्यक्रममा तामाङले यस्तो बताएका हुन् । टेलिकमले गुणस्तरीय सेवा दिनु पनि सार्वजनिक महत्वका विषय भएको भन्दै कर्मचारी संगठनहरु कर्मचारीको पेशागत अधिकारसँगै प्रभावकारी सेवामा लाग्नु पर्ने उनको सुझाव थियो ।

बजारमा नयाँ नयाँ कम्पनीहरु प्रतिस्पर्धामा आएको उल्लेख गर्दै समयसापेक्ष गुणस्तरीय र प्रविधियुक्त सेवा प्रदान गर्न युनियनले व्यवस्थापन पक्षलाई सकारात्मक सुझाव र दबाब दिनसमेत उनले आग्रह गरे । यसैगरी वर्तमान सरकारले सरोकारवालाहरुसंग छलफल नै नगरी बोनस ऎन र अवकाश पश्चात् प्राप्त गर्ने रकममा समेत १५% आयकर लगाउने निर्णयको विरोध गर्दै तत्काल सच्याउनु पर्ने बताउदै उनले श्रमिकको सरकार भन्ने तर श्रमिकलाई नै अप्ठ्यारो पार्ने निर्णय हरु गर्न थालेकाले यसकोविरुद्ध लड्न अग्रजहरुको अनुभव र युवाहरुको जोशजाँगरलाई एकात्रित गरी सशक्त संगठन निर्माण गर्न युवाहरू नेतृत्वमा आउनु पर्ने विचार राखे ।

टेलिकम वर्कस युनियनका अध्यक्ष राजेन्द्र दाहालले सबैजना एक भए मात्र कर्मचारीहरुको हक/ अधिकार दिलाउन सहज हुने बताए । पूर्व अध्यक्ष कृष्ण अर्यालले टेलिकमले प्रतिस्पर्धी कम्पनीहरुको दाजोमा समय सापेक्ष प्रविधिमा ध्यान दिनु पर्ने धारणा राखे । महासचिव सुरेश रौनियारले प्रतिस्पर्धी संगठनहरुसंग प्रतिस्पर्धा गर्न अग्रजहरुले युवाहरुलाई सहजरुपमा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताए भने कार्यक्रम युवा अध्यक्ष अच्युत ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार  ७ : २६ बजे