६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

काभ्रेको धाप्लेमा नाङ्साल क्लबको भव्य सांस्कृतिक साँझ [फोटो फिचर]


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

नेत्र तामाङ । तामाङ साहित्यिक संस्था ‘नाङ्साल क्लब नेपाल’को आयोजनामा काभ्रेको विकट गाविस मिल्चे ४ मा ‘बृहत सांस्कृतिक साँझ’ सम्पन्न भएको छ ।
मिल्चेको धाप्लेस्थित बुद्धमाविको प्रँगणमा पुस २ गते साँझबाट सुरु भएको सांस्कृति साँझ पुस ३ गते बिहान ५ बजेसम्म चलेको थियो । उक्त साँझका लागि काठमाडौंबाट कलाकार, साहित्यकारसहितको ४० जनाको टोली साहित्यिक यात्राका क्रममा मिल्चे पुगेका थिए ।
काभ्रेकै चर्चित जात्राका रुपमा चिनिने धाप्ले जात्राको अवसर पारी मिल्चे तामाङ एकता समाज, मिल्चेको व्यवस्थापनमा आयोजना गरिएको कार्यक्रममा तीनहजार भन्दा बढी सहभागी थिए ।

दुई तामाङ कृति सार्वजनिक

उक्त कार्यक्रममा ढकबहादुर घिसिङको गीति एल्बम ‘सिसी निला तिका बोर्ला’ र योगेश राल्फालीको तामाङ शोककाव्य ‘गगन’ विमोचन गरिएको थियो । दुई भागमा विभाजन गरिएको कार्यक्रमको पहिलो विमोचन कार्यक्रममै दुबै कृति नेपाल तामाङका पूर्वअध्यक्ष धनबहादुर तामाङलगायतले संयुक्त रुपमा विमोचन गरिएको थियो ।

dhaple-6
ढकबहादुरको शब्द रहेको एल्बम ‘सिसी निला तिका बोर्ला(मरी जान्छ, के लान्छ)’ मा दुई गीत रहेका छन् । जसमा स्यहारिन योना काल्बारी बोलको गीतमा जोगलाल लामा र अन्जु लामाको स्वर रहेको छ भने जोगलालकै संगीत रहेको छ । यसै गरी दोस्रो गीत नोवा नोवा तोर तोर मा विश्व दोङ र निर्मला घिसिङको स्वर रहेको छ । यसमा जोगलालकै संगीत रहेको छ । एल्बमलाई योगेश राल्फली, डोल्मा वाइबा र ओम घिसिङले विषेश सहयोग गरेको कार्यक्रममा बताइएयो ।

dhaple-7
यसैगरी पहिलो तामाङ महाकाव्यका लेखक योगेश राल्फाली लिखित शोककाव्य गगन तामाङ साहित्यमै पहिलो शोककाव्य भएको बताइयो । आफ्नो बुवाको निधनपछि उक्त शोककाव्य लेखेको उनले बताए । शोककाव्य ६२ पृष्ठ लामो रहेको छ ।

dhaple-14

तामाङ कविता र गीतको बेजोड प्रस्तुति

दुई कृति विमोचनपछि तामाङ साहित्यिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा सामदेन दोङ, अटुट दोङ, रोजदोर्जे मोक्तान, मिलन लामा, विकास ग्याबा, प्रयत्न वाइबा, मानकाजी तामाङ, निकिता वाइबा, कविराज काल्तान, निस्नु थिङलगायत स्थानीय सन्देश मोक्तानले जोडदार गीत,गजल, कविता सुनाएका थिए ।

dhaple-8त्यसैगरी सत्तलसिंह तामाङ, धनकुमारी घिसिङ र संगीता थिङले तामाङ गीतको प्रस्तुति दिए । कार्यक्रममा प्रयत्न वाइबा र निकिता वाइबाले नाटकसमेत मञ्चन गरेका थिए ।

रातभर सांगीतिक कार्यक्रम

जात्रामा ललितपुर, सिन्धुली, मकवानपुरबाटसमेत जात्रालु आइपुगेका थिए । जात्रालुका लागि स्थानीय व्यापारी सेल,खाजा पकाउन बेच्न व्यस्त थिए भने मञ्चमा सांगीतिक कार्यक्रम जारी रहदाँ झुम्ने युवायुवतीको उत्तिकै रोमाञ्चित थिए ।dhaple-3

dhaple-13
चर्चित गायक विश्व दोङ, फुलकुमार बमजन, निर्मला घिसिङ, जोगलाल लामा, रञ्जना मोक्तान, नेत्र प्रधानलगायतले कार्यक्रममा आफ्ना बेजोड गीतहरु प्रस्तुत गरे ।dhaple-16

आरजे मिक्साङ वाइबाद्वारा सञ्चालित उक्त कार्यक्रममा तामाङ चलचित्रका चर्चित कलाकार बिकु थोकरले बेजोड प्रस्तुति दिए ।

नाङ्सालको विकट र साहासिक यात्रा

नाङसाल क्लबले हरेक महिनाको पहिलो शनिबार राजधानीको रात्नराज्य क्याम्पसमा तामाङ साहित्यिक यात्रा गर्दै आएको छ । यसपटक भने मिल्चे तामाङ एकता समाजको व्यवस्थापनमा काभ्रेको विकट गाविस मिल्चेमा कार्यक्रम तय गरिएको क्लबका अध्यक्ष दिर्गसिंह तामाङले बताए । यस्तो किसिमको यात्रा दोस्रो पटकको यात्रा भएको उनले बताए ।

dhaple-4
राजधानीबाट ललितपुरको लेले, भारदेउ, चन्दनपुर हुदै ठुलादुर्लुङसम्मको बस यात्रा पछि मिल्चेको पैदल यात्रा सुरु हुन्छ । बस यात्रा पनि उत्तिकै साहासिक थियो ।dhaple-5

ललितपुरको ठुला दुर्लुङबाट तीन घन्टाको उकाली, ओराली पैदल यात्रापछि काभ्रेको मिल्चेमा पुगेर कार्यक्रम सुरु भएको थियो । कार्यक्रम ऐतिहासिक, अविस्मरणीय भएको क्लबका अध्यक्ष दिर्गसिंहले बताए ।

जात्रा किन मनाइन्छ ?

काभ्रेको धाप्ले जात्रा प्रख्यात जात्रामध्येमा पर्ने स्थानीयले बताए । यस जात्रामा ललितपुर, सिन्धुली, मकवानपुरबाटसमेत जात्रालु आउने बुद्ध माविको व्यवस्थापन समितिका अध्यक्ष जगत घिसिङले बताए ।

dhaple-11

काभ्रे मिल्चेको धाप्लेमा रहेको कालीदेवी थानमा पूजा चल्दै ।

उनले भने, ‘यहाँ बिहान कालीदेवी थानको पूजा हुन्छ, त्यसपछि राति जात्रा लाग्छ ।’ जगतका अनुसार हरेक पुषको पञ्चमीका दिन यो जात्रा हुन्छ । जात्रामा स्थानीय तामाङ, मगरलगायतका जातिको अधिकतम उपस्थिति थियो ।dhaple-9

जात्रा स्थानीय व्यापार प्रवद्र्धन र संस्कृतिक उत्थानका लागि उपयुक्त स्थल हुने जगतले बताए । उक्त जात्रामा स्थानीय तामाङले तामाङ डम्फु गीत गाउने र मगरलगायत अन्य जातिले नेपालीलगायतका गीत गाउने चलन रहेको उनले बताए ।

जात्राबारे टिप्पणी

नाङसाल क्लबका अध्यक्ष दिर्गसिंह तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनप्रसाद तामाङ प्रमुख अतिथि, नाङ्साल क्लबमा सल्लाहकार तीर्थमान वल, मिल्चे तामाङ एकता समाजका अध्यक्ष जगत घिसिङ, तामाङ डाजाङका सहसचिव रोजदोर्जे मोक्तान अतिथि थिए ।

dhaple-12
कार्यक्रमका प्रमुख अतिथि धनप्रसादले तामाङ बस्तीको जात्रामा कालीदेवीको पूजा भएकोले यसबारे छलफल चलाउनुपर्ने विचार व्यक्त गरे । उनले तामाङ जातिको विकास र तामाङ संस्कृतिको विकासमा यस्ता जात्राले योगदान दिएपनि थानहरुमा भएको पूजाबारे पुर्नविचार गर्नुपर्ने विचार राखे ।dhaple-1

कार्यक्रममा नाङसाल क्लबका सल्लाहकार तीर्थमान वलले तामाङहरुले अबका दिनमा जागरुक भइ काम गर्नुपर्ने धारणा राखे । कार्यक्रमको अन्त्यमा सहभागी र सहयोगीलाइ प्रशंसापत्र वितरण गरिएको थियो ।

-धाप्ले जात्राबाट फर्केपछि

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १२ : ११ बजे