१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात कायम राख्यो। १९४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखराले ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो।…