लगातार तीन दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी र पहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ। विशेषगरी नारायणी र सप्तकोशी नदीमा आएको बाढी बस्तीमा पस्दा पश्चिम नवलपरासी र सप्तरीमा गरी ३ सय ८९ भन्दा बढी घर डुबानमा परेका छन्। विपद्का कारण हालसम्म देशभर छ जनाको मृत्यु भएको छ भने सयौँ परिवार विस्थापित भएका…