२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राष्ट्रसंघमा बुद्ध जयन्ती


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

न्युयोर्क- संयुक्त राष्ट्रसंघले हरेक वर्षको बुद्ध पुणिर्मा अर्थात बुद्ध जन्मेको दिनलाई ‘ इन्टरनेशनल डे अफ बैसाख ‘ भनेर मनाउदै आएको छ । यसै अवसर पारेर यस पटक पनि राष्ट्रसंघले बुद्ध जन्मेको दिन मे १० तारिखको दिन विश्वका विभिन्न मुलुकका बौद्धधर्म गुरुहरु तथा सदस्य राष्ट्रका प्रतिनिधिहरुलाई निम्तो दिएर यो कार्यक्रम आयोजना गरेका थिए । राष्ट्रसंघले आयोजना गरेको कार्यक्रममा विगत झै यस पटक पनि शेर्पा किदुगले भाग लिएका थिए । राष्ट्रसंघमा यस पटक किदुगको महासचिव तेन्डी शेर्पा नेतृत्वमा उपाध्याक्ष डोल्मा शेर्पा, लामा टुल्कु, खेन्पो ङवाङ सांगे, लामा तेन्जिङ, रिग्सुङ लोप्टका संयोजक रिन्जी शेर्पा र कलाकार देण्डी शेर्पा पुगेका थिए ।

 

 

उनीहरु विहानदेखि वेलुकीसम्म राष्ट्रसंघको बुद्ध जयान्ती कार्यक्रममा व्यस्त भएका थिए । त्यसदिन श्रीलंक दुताबासले विहानै  पुजाप्रर्थाना र दिवाभोजको व्यवस्था गरेका थिए भने वेलुकी राष्ट्रसंघमा सिंगापुर, बर्मा, थाइल्याण्ड, भुटान, मालदिब्स, कम्बोडिया, श्रीलंक, बंगलादेश, पाकिस्तान, भारत, कोरिया, जापान, इण्डोनसिया, नेपाल लगायतका मुलुकको भिक्षुहरु तथा राजदुतहरुले बुद्ध जयान्तीको बारेमा प्रवचन तथा मन्तव्य दिएका थिए ।

‘ राष्ट्रसंघमा बुद्ध जयान्तीकेा दिन उपस्थित विश्वभरिको धर्म गुरुहरु र राष्ट्रप्रमुखहरुको सहाभागीता रहेको कार्यक्रममा थेराबादी पाली र संस्कृत भाषामा बुद्धको बारे प्रवचन सुन्न पाउदा निकै आनन्दा लाग्यो ‘ शेर्पा किदुगका महासचिव तेण्डी शेर्पाले भने-‘ राष्ट्रसंघले आयोजना गरेको उक्त बैसाखी डे अर्थात बुद्ध जयान्तीले विश्वमा राम्रो सन्देश दिएको अनुभुती भयो’ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ३ : ५२ बजे