इलाम । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका–१ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ ।
यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा (एमाले) बाट सासू दिलमाया विक र नेकपा (माओवादी केन्द्र)बाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुवैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।
अहिले बुहारी चुनाव प्रचारप्रसारमा हिँडिरहेकी छिन् । “एउटै घरमा तीन÷चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासूबुहारी नै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं” – सीताले भनिन् ।