२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

रेणुले गरिन् गाली–बेइज्जती गर्नेविरुद्ध किटानी जाहेरी


३ असार २०७४, शनिबार  

0
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ ।

रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका हुन् । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको जनाए ।

सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिए । ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो,’–रेणु दाहालले भनिन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडाँै जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले बताए ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा रु दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने उनको भनाई छ ।

निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ ।

प्रकाशित मिति : ३ असार २०७४, शनिबार  ६ : २३ बजे