१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

बाढीपीडितलाई वृहस्पतिका शिक्षक र कर्मचारीले दिए एक दिनको तलब


१ आश्विन २०७४, आइतबार  

0
Shares

काठमाडौं । वृहस्पति विद्या सदनका शिक्षक र कर्मचारीले एक दिनको तलब बाढीपीडितका लागि दिएका छन् । उनीहरुले तलब काटेर जम्मा गरेको १ लाख रुपैयाँ आइतबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गराएका छन् ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै १ लाखको चेक हस्तान्तरण गरेका हुन् । वृहस्पतिका विद्यार्थीहरुले साउन अन्तिम साता आएको बाढीका कारण प्रभावितहरुको सहयोगार्थ खाद्यान्न तथा कपडा संकलन गरि पठाएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  ६ : २६ बजे