२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

विश्व शेर्पा सम्मेलन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन


२२ आश्विन २०७४, आइतबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

पहिलो विश्व शेर्पा सम्मेलन प्रधानमन्त्री शेरबहादुर देउवाले दीप प्रज्वलन गरी उद्घाटन गरे । काठमाडौंको र्‍याडिसन होटलमा आइतबार २ बजे सुरु भएको कार्यक्रममा १७ देशका शेर्पाहरुको प्रतिनिधित्व रहेको छ ।

दोस्रो दिन भोलि  बौद्ध टुसाल स्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) कार्यपत्र प्रस्तुति,कार्यशाला गोष्ठी, मस्यौदा विधान माथि छलफल र विश्व शेर्पा संघ गठन लगायतका कार्यक्रमहरु रहेको छ । तेश्रो दिन २४ गतेः शेर्पा सेवा केन्द्र(शेर्पा गुम्बा) ऐतिहासिक प्रथम विश्व शेर्पा सम्मेलनले निर्णय गरेका कुराहरुलाई लिपिवद्ध गरी घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको विश्व शेर्पा सम्मेलनका संयोजक एवं नेपाल शेर्पा संघका अध्यक्ष अाङदोर्जी शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७४, आइतबार  ५ : ५० बजे